• Sat. Jul 27th, 2024

संकट हरेश्वर विश्रान्तिघाटमा बौध्द समाधिस्थल

BySaptahik Samachar

१४ श्रावण २०८०, आईतवार १७:१२ १४ श्रावण २०८०, आईतवार १७:१२ १४ श्रावण २०८०, आईतवार १७:१२

शनिबारबाट अन्तेष्टीका लागि खुला

भद्रपुर /भद्रपुर नगरपालिका वडा नम्बर ७ देउनियाँ खोला किनारमा अवस्थित संकट हरेश्वर विश्रान्तिघाटमा बुध्दिष्ट धर्मावलम्बीहरूले निर्माण गरेको समाधिस्थलमा पुजा पाठ गरी जातीय परम्परा अनुसारकाे अन्तेष्टी गर्न खुला गरिएको छ।
जन्म पछि मरण निश्चित छ, मृत्युलाई सहज व्यवस्थापन गर्न सकियोस् भनेर भद्रपुरका विभिन्न स्थानमा अहिले अन्तेष्टी स्थलहरू निर्माण भइरहेका छन्। सो क्रममा भद्रपुर – ७ को संकट हरेश्वर विश्रान्तिघाटलाई सवै जात जातिको साझा अन्तेष्टी स्थलको रूपमा विकसित गर्ने स्थानीय समुदायको अवधारणा अन्तर्गत त्यहाँ निर्मित बुध्दिष्ट दिवासेन समाधिस्थललाई शनिबारबाट खुला गरिएको अध्यक्ष प्रेमबहादुर तामाङले जानकारी दिनुभयो।
१४ लाख बढीको लगानीमा निर्माण भएको समाधिस्थललाई खुला गर्नु पूर्व लामा गुरुहरूबाट घाट शुध्दि पूजा गरेको जनाइएको छ। सोही अवसरमा प्रदेश सांसद मोहन महर्जनको प्रमुख आतिथ्य र भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्की, पूर्व नगर प्रमुख जीवनकुमार श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशका निवर्तमान अध्यक्ष टीकाराज ढकाल, वडाध्यक्ष गौरब सुब्बा र अभिषेक ढुङ्गाना, जातीय अभियन्ता टीकाराम गुरुङ र नेपाल तामाङ घेदुङ संघ भद्रपुरका अध्यक्ष बसन्त मोक्तानले शुभकामना मन्तव्य राख्नुभएको थियो।
बुध्दिष्ट दिवासेन भद्रपुरका अध्यक्ष तामाङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य इन्दिरा तामाङले र कार्यक्रमको सञ्चालन शिवप्रसाद गुरुङले गर्नुभएको थियो।
संकट हरेश्वर विश्रान्तिघाटमा आगामी भदौ ३० गतेबाट श्रीमद् भागवत पुराण लगाइने भएको छ। पितृहरुको उध्दार र अक्षयकोष स्थापनाका लागि लगाइने पुराणका लागि शनिबारनै सो स्थानमा भेला राखी विभिन्न उपसमितिहरू गठन गरिएको विश्रान्तिघाटका सचिव रेमनाथ चुडालले जानकारी दिनुभयो।

14 thoughts on “संकट हरेश्वर विश्रान्तिघाटमा बौध्द समाधिस्थल”
  1. Hi there to all, for the reason that I am genuinely keen of reading this website’s post to be updated on a regular basis. It carries pleasant stuff.

Leave a Reply

Your email address will not be published. Required fields are marked *