• Fri. Jan 16th, 2026

शुभ प्रभातको अध्यक्षमा लालवहादुर

BySaptahik Samachar

३ आश्विन २०७८, आईतवार १५:२७ ३ आश्विन २०७८, आईतवार १५:२७ ३ आश्विन २०७८, आईतवार १५:२७

भद्रपुर ३असोज /झापा हल्दीबारी -३ को शुभ प्रभात कृषि सहकारी संस्थाको अध्यक्षमा लालवहादुर कन्दङ्वा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यस अघिको कार्य समितिमा उपाध्यक्ष रहनु भएका कन्दङ्वालाई १२औं साधारण सभाले अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो।
समितिको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः गोविन्द घिमिरे, गोविन्द नेउपाने, शुष्मा कन्दङ्वा र धनबहादुर साँवा सहित अर्जुन गिरी, योगेन्द्र वन, डिल्लीराम उप्रेती, मुक्ति ढुंगेल, नरमाया गिरी र उद्दिम दर्नाल सदस्यमा सर्वसम्मत चयन हुनुभएको छ। त्यस्तै, तीन सदस्यीय लेखा समितिको संयोजकमा लोकप्रसाद भण्डारी तथा सदस्यमा विमला महतो र देवनारायण महतो हुनुहुन्छ।
अध्यक्ष तारावहादुर वोहोराको सभापतित्वमा भएको साधारण सभाको प्रमुख अतिथि हल्दीबारी – ३ की वडा अध्यक्ष रोशन शिवाकोटी हुनुहुन्थ्यो। साधारण सभामा प्रमुख अतिथि शिवाकोटी सहित धनबहादुर साँवा, शालिग्राम कार्की, गोविन्द घिमिरे, डिल्लीराम उप्रेती लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो। उपाध्यक्ष लालबहादुर कन्दङ्वाले स्वागत मन्तव्य र सचिव गोविन्द वोहोराले संचालन गरेको कार्यक्रममा संस्थाका कर्मचारीद्वय देवका शिवाकोटी र दिपक ढुंगेललाई सम्मान समेत गरिएको थियो।

124 thoughts on “शुभ प्रभातको अध्यक्षमा लालवहादुर”
  1. I am extremely impressed together with your writing skills as smartly as with the layout
    to your weblog. Is this a paid topic or did you customize it
    yourself? Anyway keep up the excellent quality writing, it’s rare to peer a great weblog like this one nowadays.
    Stan Store!

  2. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

  3. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

Leave a Reply

Your email address will not be published. Required fields are marked *