• Sat. Jul 27th, 2024

शिक्षकहरूको निवृत्तिभरण अधिकार-पत्र अव जिल्लाबाटै

BySaptahik Samachar

२ श्रावण २०७८, शनिबार २१:०५ २ श्रावण २०७८, शनिबार २१:०५ २ श्रावण २०७८, शनिबार २१:०५

भद्रपुर २,साउन /साप्ताहिक समाचारदाता /शिक्षकहरूको पेन्सन लगायत सुविधा हेर्ने राष्ट्रिय किताबखानाले दिदै आएको सेवा अव जिल्ला जिल्लाबाटै पाइने भएको छ। शिक्षकहरूको निवृत्तभरण अधिकारपत्र लगायत निजले पाउने अन्य सेवा सुविधा साउन १ गतेदेखि सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यालयबाटै वितरण गर्ने व्यवस्था मिलाइएको जनाएको छ ।

आर्थिक वर्ष २०७८/ ०७९ को बजेट वक्तव्यको बुँदा नं. ४१५ ले व्यवस्था गरे अनुरुप कार्यान्वयन गर्ने सम्बन्धमा राष्ट्रिय किताबखाना (शिक्षक) बाट हुँदै आइरहेका सेवा निवृत्त शिक्षकहरूको निवृत्तभरण सम्बन्धी कार्यहरु मध्ये केही कार्यहरु जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यालयबाटै वितरण गर्ने व्यवस्था मिलाइएको हो ।


उक्त व्यवस्था कार्यान्वयनका लागि अधिकार प्रत्यायोजन गर्न सचिवस्तरीय निर्णय भएको र साउन १ गतेबाट उक्त सेवाहरु प्राप्त गर्न निवृत्तभरण भुक्तानी भइरहेको बैंक अवस्थित जिल्ला कोष तथा लेखा नियन्त्रक कार्यलयमा सम्पर्क राख्न सम्पूर्ण सेवानिवृत्त शिक्षकहरुलाई जानकारी गराएको छ ।


किताब खानाबाट प्रत्यायोजित सेवाहरू मध्ये कोष तथा लेखा नियन्त्रक कार्यालयले पाना सिद्धिएमा नयाँ अधिकारपत्र बनाउने, हराएमा वा नासिएमा प्रतिलिपि जारी गर्ने, पारिवारिक निवृत्तिभरण अधिकारपत्र तयार गर्ने (नामसारी मात्र), नाम थर संशोधन सम्बन्धी, निवृत्तिभरण रकम संशोधन सम्बन्धि, भुक्तानी नलिएको निवृत्तिभरण रकम भुक्तानी सम्बन्धी र औषधि उपचार सहयोग स्वरुप १० प्रतिशत रकम वृद्धि सम्बन्धी (७५ देखि ८५ वर्ष उमेरको) कामहरू गर्नेछ ।

5 thoughts on “शिक्षकहरूको निवृत्तिभरण अधिकार-पत्र अव जिल्लाबाटै”
  1. I was very pleased to find this site. I need to to thank you for ones time due to this fantastic read!! I definitely savored every bit of it and i also have you book-marked to see new stuff in your web site.

  2. I blog quite often and I truly thank you for your content. Your article has truly peaked my interest. I’m going to bookmark your website and keep checking for new details about once a week. I opted in for your Feed too.

Leave a Reply

Your email address will not be published. Required fields are marked *