
समाजसेवी दीनबन्धु गोयल सम्मानित
भद्रपुर / कोरोनाका कारण दुई वर्ष स्थगित भएको भद्रपुर – ६ को शारदा आधारभूत विद्यालयको ६५ औ वार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न व्यक्तिहरूलाई सम्मान र पुरस्कार वितरण गर्दै शुक्रबार सम्पन्न भएको छ।
तोकिएको समयमा नगर प्रमुख गणेश पोखरेल उपस्थित नभएपछि लामो रूँगाई पछि ढिलो गरी सुरू भएको कार्यक्रममा विद्यालयका दाता महानुभावहरू, उत्कृष्ट शिक्षक र कर्मचारीलाई सम्मान गरिएको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयन्ती मानीको अध्यक्षतामा भएको वार्षिकोत्सव कार्यक्रममा दानवीर समाजसेवी दीनबन्धु गोयल,जेष्ठ दाता विष्णुकुमारी श्रेष्ठ सहित विद्यालयलाई संस्थागत तथा व्यक्तिगत सहयोग पुर्याउने ६ न. वडाका निवर्तमान वडा अध्यक्ष प्रेमबहादुर वरूवाल, वडा सदस्य शीला भट्टराई वराल र प्रकाशचन्द्र शर्मा, चेलीबेटी महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चन्द्रकला गौतम, व्यवस्थापन समितिका पूर्व अध्यक्ष रीता कामती लगायत विद्यालयका शिक्षक तथा कर्मचारीहरू शिवशरण श्रेष्ठ, रेखा पौडेल र टङ्क नेपाललाई सम्मान गरिएको थियो । सम्मानित कर्मचारी पौडेललाई ६ महिनाको तलव सुविधा प्रदान गर्दै सम्मान तथा विदाई समेत गरिएको विद्यालयले जनाएको छ।आन्तरिक स्रोतबाट तलव भत्ता खाने गरी मुखिया पदमा कार्यरत पौडेल विगत तीन दशक भन्दा बढी समयदेखि विद्यालयमा कार्यरत हुनुहुन्थ्यो।

विद्यालयले छात्र छात्रालाई पुरस्कार वितरण समेत गरेको कार्यक्रममा प्रधानाध्यापक कोपिला गौतमले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने शिक्षक लोकनाथ खतिवडाले सन्चालन गरेको कार्यक्रममा गोविन्द विश्वकर्माले स्वागत मन्तव्य राख्नु भएको थियो।कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख पोखरेल, उपप्रमुख राधा कार्की लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
Gizlilik, temizlik, iletişim… Her şey dört dörtlüktü. Özellikle Çankaya escort profilleri çok zarif ve dikkat çekiciydi.
İlk görüşmeden itibaren kendimi özel hissettiren nadir deneyimlerden biri oldu. Özellikle Çankaya escort kızlar çok kibar ve bakımlıydı.
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycasino activities.
Эта статья предлагает уникальную подборку занимательных фактов и необычных историй, которые вы, возможно, не знали. Мы постараемся вдохновить ваше воображение и разнообразить ваш кругозор, погружая вас в мир, полный интересных открытий. Читайте и открывайте для себя новое!
Выяснить больше – https://vyvod-iz-zapoya-1.ru/