• Sat. Jul 27th, 2024

शहीद स्मारक ए डिभिजन फूटबल असोजमा

BySaptahik Samachar

९ श्रावण २०७८, शनिबार १५:०० ९ श्रावण २०७८, शनिबार १५:०० ९ श्रावण २०७८, शनिबार १५:००

भद्रपुर ९,साउन। साप्ताहिक समाचारदाता। सहिद स्मारक ए डिभिजन लिग असोज पहिलो साताका लागि तय भएको छ ।सहिद स्मारक ए डिभिजन लिग २०२१ असोज ३ गते देखि आयोजना गर्ने तालिका एन्फाले यस अघि नै जारी गरेको छ ।

असोजबाट हुने लिगमा बी डिभिजन लिगबाट बढुवा भएको सातदोबाटो युथ क्लब सहित १४ क्लबले प्रतिस्पर्धा गर्दैछन् ।अघिल्लो सिजनमा लिगको पुछारमा रहेर लिग टुङ्ग्याएको सरस्वती यो सिजनमा हुने छैन ।

शीर्ष डिभिजन लिग करिब ६ महिना सञ्चालन गर्ने तयारी गरेको छ ।फरक ढाँचामा सञ्चालन गर्न लागिएको लिगमा पहिलो चरणमा सबै क्लबले एक आपसमा प्रतिस्पर्धा गर्नेछन् भने त्यसपश्चात शीर्ष ८ टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

यसैवीच, १४ क्लब मध्येका चार ए डिभिजन लिग क्लबले मंगलबार लिग रोक्न अखिल नेपाल फुटबल संघ (एन्फा)लाई ज्ञापन पत्र बुझाएसँगै लिग अन्योल अवस्था पुग्ने आशंका पनि देखिएको छ ।ललितपुरका चार क्लबले कोरोना महामारीको विषम परिस्थितिमा लिग सञ्चालन गर्न कठिन हुने भन्दै लिग रोक्न मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव इन्द्रमान तुलाधरलाई ज्ञापन पत्र बुझाएका थिए ।

यहीबीच अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले चार क्लबको ज्ञापनपत्रले फरक नपर्ने भन्दै निर्धारित समयमा नै लिग सुचारु हुने बताएका छन्

फरक ढाँचामा सञ्चालन गर्न लागिएको लिगमा पहिलो चरणमा सबै क्लबले एक आपसमा प्रतिस्पर्धा गर्नेछन् भने त्यसपश्चात शीर्ष ८ टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

5 thoughts on “शहीद स्मारक ए डिभिजन फूटबल असोजमा”
  1. Excellent post. I used to be checking constantly
    this blog and I’m impressed! Very useful information specifically the final section :
    ) I handle such info a lot. I was looking for this certain information for a very lengthy time.
    Thank you and good luck.

  2. I must thank you for the efforts you have put in writing this blog. I really hope to check out the same high-grade blog posts from you in the future as well. In fact, your creative writing abilities has encouraged me to get my very own blog now 😉

  3. After going over a handful of the articles on your blog, I truly like your way of blogging. I book-marked it to my bookmark website list and will be checking back soon. Take a look at my web site too and let me know what you think.

Leave a Reply

Your email address will not be published. Required fields are marked *