• Sun. Jul 21st, 2024

वेस्ट इन्डिज तीन विकेटले विजयी

Bysaptahiksamachar

२६ माघ २०७७, सोमबार ००:३१ २६ माघ २०७७, सोमबार ००:३१ २६ माघ २०७७, सोमबार ००:३१

चिटगाउँ — वेस्ट इन्डिजले दोस्रो टेस्टको पाँचौं दिन आइतबार बंगलादेशमाथि तीन विकेटको अपूर्व जित निकालेको छ । जितका लागि चौथो इनिङ्समा ३ सय ९५ रन पछ्याएको वेस्ट इन्डिजले सात विकेट गुमाएर त्यसलाई प्राप्त गरेको थियो ।

पाहुना टिमका लागि डेब्यु गरिरहेका केली मेयर्सले नटआउट रहेर २ सय १० रन बनाए र जितको आधार तयार पारे । उनले एनक्रुमह बोनरसँग निर्णायक सावित चौथो विकेटका लागि २ सय १६ रनको साझेदारी गरे ।

उत्कृष्ट प्रदर्शन गर्नेक्रममा मेयर्सले ३ सय १० बलको इनिङ्समा २० चौका र सात छक्का प्रहार गरे र उनी नै म्यान अफ द म्याच पनि रहे ।

डेब्युमा कोही पनि वेस्ट इन्डिज ब्याट्सम्यानले बनाएको यो दोस्रो ठूलो व्यक्तिगत स्कोर हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *