• Sat. Jul 27th, 2024

विश्रान्तिघाटलाई एनएमसीको सहयोग

BySaptahik Samachar

३ कार्तिक २०८०, शुक्रबार १६:५६ ३ कार्तिक २०८०, शुक्रबार १६:५६ ३ कार्तिक २०८०, शुक्रबार १६:५६

भद्रपुर ३,कात्तिक / नेपाल बहुद्देश्यीय सहकारी संस्था लिमिटेड चन्द्रगढी शाखाले संकट हरेश्वर विश्रान्ति घाट, भद्रपुर ७ लाई पानीको ट्याङ्की उपलव्ध गराएको छ। सामाजिक उत्तर दायित्व अन्तर्गत करिब ५० हजार मूल्य बराबरको २ हजार लि. क्षमताकाे स्टिलको पानी ट्याङ्की शुक्रबार एक विशेष कार्यक्रमको आयोजना गरी घाट व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो।

सहकारीले सञ्चालन गरेको “सामाजिक योगदानमा मेरो एक रूपैयाँ” अभियानबाट संकलित रूपैयाँमा सहकारीबाट थप गरी जम्मा भएको राशिबाट सहकारीका इकाईहरूले सामाजिक कार्यमा लगानी गर्ने नीति लिइएको छ। सोही नीति अनुसार संकलित रकमबाट ट्याङ्की उपलव्ध गराएको एन एम सी संचालन समितिका सह सचिव अम्विकाप्रसादले जानकारी दिनुभयो। ढकाल सहित एनएमसी चन्द्रगढीका पदाधिकारी-सदस्य र कर्मचारीले विश्रान्तिघाटका पदाधिकारीलाई ट्याङ्की हस्तान्तरण गरेका हुन्।

वहुउद्देश्यीय सहकारी संस्थाको इकाई नम्बर ७ का संयोजक कमलादेवी दाहालको सभापतित्वमा भएको त्यस कार्यक्रममा ६ नम्बर वडा अध्यक्ष रतिया राजवंशी, एनएमसी. सञ्चालक समितिका सहसचिव ढकाल र संकट हरेश्वर विश्रान्तिघाट व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद निरौलाले मन्तव्य राख्नुभएको थियो।

3 thoughts on “विश्रान्तिघाटलाई एनएमसीको सहयोग”

Leave a Reply

Your email address will not be published. Required fields are marked *