• Sat. Jul 27th, 2024

विवेक कार्की स्मृति प्रतिष्ठानद्वारा सांगीतिक कार्यक्रमसहित स्मृति दिवस मनाइयो

BySaptahik Samachar

१७ माघ २०७९, मंगलवार १८:१५ १७ माघ २०७९, मंगलवार १८:१५ १७ माघ २०७९, मंगलवार १८:१५

भद्रपुर / विवेक कार्की स्मृति सांगितिक प्रतिष्ठान भद्रपुर १०,चन्द्रगढीको छैठौ बार्षिक स्मृति कार्यक्रम सम्पन्न भएको छ। संस्थाका कार्य बाहक अध्यक्ष रमेश पोखरेलको अध्यक्षतामा भएको कार्यक्रम दुर्गा पान्चायन मंन्दिरको सामुदायिक भवनको हलमा सम्पन्न भएको हो।
कार्यक्रममा स्थानीय विद्यालयका विद्यार्थी एवम् गायक, गायिकाहरूले गीत प्रस्तुत गरेका थिए।
भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य र उपप्रमुख राधा कार्कीको विशिष्ट आतिथ्यमा भएको कार्यक्रमको सञ्चालन संस्थाकी महासचिव रुमा राजवंशी एवम् कोषाध्यक्ष लता खरेलले संयुक्त रुपमा गर्नुभएको थियो।
संस्थाका सल्लाहकार गोविन्द लम्सालले स्वागत मन्तव्य राखेको कार्यक्रममा दुर्गा पान्चायन मंन्दिरलाइ गेट हस्तान्तरण समेत गरिएको सहयोगी रुमा राजवंशीले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *