• Sat. Apr 20th, 2024

विल्कन कम्पनीको पेवर्स उम्दा सावित/कम्पनीलाई टोलबासीद्वारा सम्मान

BySaptahik Samachar

३ कार्तिक २०८०, शुक्रबार २१:१३ ३ कार्तिक २०८०, शुक्रबार २१:१३ ३ कार्तिक २०८०, शुक्रबार २१:१३

पाँच वर्षसम्म पनि सडकमा समस्या आएन- टोलबासी

गोपाल गिरी – – – – – – – –

भद्रपुर २,कात्तिक / विल्कन इन्डष्ट्रिज प्रालि अर्जुनधाराद्वारा उत्पादित पेवर्सको प्रयोगबाट निर्मित सडक दिगोसंगै आकर्षणमा उम्दा देखिएको छ।झापाको बिर्तामोड ५ स्थित बालाजी टोलको सडकले सो सत्यतालाई पुष्टि गरेको छ।

बालाजी टोलस्थित बुध्द मार्गको सडक बनेको ५ बर्ष पुरा हुँदा पनि त्यसको गुणस्तरमा कुनै कमि नभएपछि टोलबासीसंगै विर्तामोडका जनप्रतिनिधिले पनि विल्कनको पेवर्सलाई उम्दा उत्पादन स्वीकारेका छन् । विल्कनको पेवर्स प्रयोग गरेर निर्माण सम्पन्न गरिएको बालाजी टोलको सो सडक पाँच वर्षसम्ममा पनि कुनै समस्या आएन, टोल विकास संस्थाका अध्यक्ष नरेन्द्रप्रसाद अधिकारीले सडकको वारेन्टी रहेको र पाँच वर्षसम्म सडकमा कुनै समस्या नदेखिएपछि बालाजी टोल विकास संस्थालाई प्रालिले संरक्षणको जिम्माका लागि टोलबासीलाई सुम्पिएको बताउनुभयो ।
बडा दशैंको शुभकामना आदान प्रदान कार्यक्रम सहित विहीबार आयोजित कार्यक्रमकाबीच प्रालिका अध्यक्ष भीमचन्द्र भट्टराईलाई राम्रो र टिकाउ सडक बनाइदिएको भनेर प्रशंसा गर्दै टोल समितिले सम्मान गरेको छ ।
टोल विकास संस्थाका अध्यक्ष नरेन्द्रकुमार अधिकारी एवं नगरपालिकाका प्रमुख /उपप्रमुख लगायत टोलबासीले विल्कन कम्पनीका अध्यक्ष भट्टराईलाई सम्मान गरेका थिए ।

सो समारोहमा बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, ५ नम्वरका वडाध्यक्ष रोहित प्रसाई, वडा नम्वर १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डे लगायतले सडक गुणस्तरीय भएको बताउँदै कालोपत्रे भन्दा पेवर्स प्रयोग गर्दा राम्रो हुने बताए ।
सो कम्पनीले उत्पादन गरेको पेवर्सको प्रयोग गरेको सडक ६० टन भन्दा धेरै भारवहन क्षमता रहेको  प्रालिका अध्यक्ष भट्टराईले बताउनुभयो ।
संस्थाका सल्लाहकार डा.चन्द्रशर्मा दुलालले स्वागत गरेको कार्यक्रमको संचालन संस्थाका सचिव ज्ञानेन्द्र अधिकारीले गर्नुभएको थियो ।

2 thoughts on “विल्कन कम्पनीको पेवर्स उम्दा सावित/कम्पनीलाई टोलबासीद्वारा सम्मान”

Leave a Reply

Your email address will not be published. Required fields are marked *