• Mon. Mar 9th, 2026

विर्तामोड नगर पालिकाको ताला खुल्यो

BySaptahik Samachar

१७ श्रावण २०७८, आईतवार १६:४९ १७ श्रावण २०७८, आईतवार १६:४९ १७ श्रावण २०७८, आईतवार १६:४९

समाचारदाता /भद्रपुर १७ साउन । सत्तारुढ नेपाली कांग्रेसका तरुण–विद्यार्थी र माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले बिर्तामोड नगरपालिकाको मूल गेटमा लगाएको ताला ७ बुँदे सहमति पछि आज खोलिएको छ ।

नगरप्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षतामा इलाका प्रहरी कार्यालय अनारमनीको संयोजनमा बसेको सर्वपक्षीय बैठकले १०३ भायल भेरोसिल खोपसहित शंकास्पद अवस्थामा होटलमा भेटिएका नगरपालिकाका कोरोना फोकल पर्सन ओमबहादुर खड्कालाई तत्काल काममा नफर्काउने निर्णय भएसंगै ताला खोलिएको हो ।

सर्वपक्षीय बैठकको निर्णय बारे नगरपालिकाका नासु मेघराज बाँस्तोले बताएअनुसार सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित समितिलाई निष्पक्ष छानविनका लागि सहयोग गर्ने, अब उप्रान्त खोप ब्यवस्थापन गर्दा सर्वदलीय संयन्त्रमार्फत् गर्ने, अब उप्रान्त तोकिएको उमेर समूह तथा पेशा व्यवसायका मानिसलाई मात्र खोप लगाउने, नगरपालिकामा हालसम्म प्राप्त कोरोना विरुद्धको खोप संख्या तथा खोप लगाएको तथ्याङ्क सार्वजनिक गर्ने आदि निर्णय गरिएको छ ।

123 thoughts on “विर्तामोड नगर पालिकाको ताला खुल्यो”
  1. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

  2. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

Leave a Reply

Your email address will not be published. Required fields are marked *