• Sat. Jul 27th, 2024

विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई ल्याउने तयारी

BySaptahik Samachar

१९ श्रावण २०७८, मंगलवार १७:०० १९ श्रावण २०७८, मंगलवार १७:०० १९ श्रावण २०७८, मंगलवार १७:००

१९ साउन, काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई ल्याउने तयारी गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री पम्फा भुसालले मंगलबार मात्र प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिएर सहयोग गर्न आग्रह गरेकी थिइन् । उनले बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाकै उपस्थितिमा कार्यकारी निर्देशक शाक्यलाई बोलाएर राजीनामा मागेकी हुन् ।

कार्यकारी निर्देशक शाक्यले भने केही जवाफ दिएका छैनन् । तर प्रधानमन्त्री देउवाले नमागेको कारण राजीनामा नदिने निकटवर्तीहरुसँग बताएका छन् ।

प्रधानमन्त्रीको निजी सचिवालयले भने शाक्य हटेपछि कुलमान घिसिङलाई नियुक्त गर्ने प्रक्रिया अघि बढाउन उर्जा मन्त्रीलाई निर्देशन दिइसकेको बताएको छ ।onlinekhabar.com 

One thought on “विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई ल्याउने तयारी”

Leave a Reply

Your email address will not be published. Required fields are marked *