• Sat. Jul 27th, 2024

विएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश

BySaptahik Samachar

१२ चैत्र २०८०, सोमबार १७:०५ १२ चैत्र २०८०, सोमबार १७:०५ १२ चैत्र २०८०, सोमबार १७:०५

काठमाडौं १२, चैत / सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको छ ।
न्यायाधीशहरू डा.कुमार चुडाँल र सारङ्गा सुवेदीको इजलासले प्रक्रिया पुर्‍याएको भए बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो ।

‘रिट निवेदनमा जे मागदावी थियो, अहिले इजलासले गरेको आदेश हेर्दा रिट जारी भएको देखिन्छ’, सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले भन्नुभयो , ‘आदेशको प्रति हामीले पाइसकेका छैनौं । निवेदन बमोजिम रिट जारी भएको भनेकाले त्यही अर्थ लगाउन सकिन्छ । विस्तृत विवरण त संक्षिप्त आदेश वा फैसलाको पूर्णपाठ प्राप्त भएपछि थाहा होला ।’
मेडिकल व्यवसाय हुँदै राजनीतिक कनेक्सन बनाएका दुर्गा प्रसाईले खोलेको उक्त मेडिकल कलेजको सम्बन्धनलाई लिएर लामो समयदेखि विवाद जारी थियो ।
आफूले सबै पूर्वाधार तयार गर्दा पनि सम्बन्धन नपाएको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईले काठमाडौं विश्वविद्यालय, चिकित्सा शिक्षा आयोग लगायतका निकायलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्नुभएको थियो । त्यही रिट निवेदनमा सुनुवाई गर्दै सर्वोच्च अदालतले रिट जारी गरेको हो ।

One thought on “विएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश”

Leave a Reply

Your email address will not be published. Required fields are marked *