• Sat. Jul 27th, 2024

वातावरण अध्ययन-अवलोकन गर्न मेयर श्रेष्ठ सहितको टोली दक्षिण कोरिया प्रस्थान

BySaptahik Samachar

२४ आश्विन २०७८, आईतवार ०८:१० २४ आश्विन २०७८, आईतवार ०८:१० २४ आश्विन २०७८, आईतवार ०८:१०
 भद्रपुर २४ असोज / प्रदूषणरहित फोहोर ब्यबस्थापन प्रविधिको अवलोकन गर्न झापाली जनप्रतिनिधि सहितको ६ सदस्यीय  टोली दक्षिण कोरिया गएको छ। बढ्दो शहरीकरण व्यवस्थापनको नमूना अध्ययन-अवलोकन गर्न भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ सहित ३ जनप्रतिनिधि र ३जना वातावरणसंग सम्वध्द कर्मचारीको टोली शनिबार दक्षिण कोरिया गएको हो। 

टोलीले प्रदूषणरहित फोहोर ब्यबस्थापन उपकरण अवलोकन,विकसित मुलुकको बिकास मोडेल अध्ययन, बेरोजगारी समस्याको सहजीकरणमा मौसमी कामदारको सम्बन्धमा छलफल गर्ने कार्यक्रम तय भएको भद्रपुर नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । टोलीले कोरियाका म्युनिसिप्यालिटीहरूसंग साँस्कृतिक ,आर्थिक र भौतिक पुर्वाधार विकास अनुभव समन्वय गर्ने तथा नगर भित्रको फाेहाेर व्यवस्थापनमा दक्षिण कोरियामा भइरहेको नमूना कार्यको अध्ययन – अवलोकन,बेरोजगारी समस्या न्यूनीकरण गरी राेजगार प्रदानका लागि माैसमी कामदारलाई नेपाल सरकारकाे सहमतिमा पठाउनका लागि गणतन्त्र दक्षिण काेरिया स्थित विभिन्न पालिकासँग भगिनी सम्बन्ध विस्तार गर्न तथा सामाजिक, आर्थिक, सास्कृतिक, भाैतिक पूर्बाधार विकासकाे अनुभव साटासाट गर्नका लागि समन्वय सहकार्य गर्दै भगिनी सम्बन्ध स्थापित गर्ने कार्यक्रम तय भएको छ। नगर प्रमुख श्रेष्ठले वातावरण संरक्षण विषयमा महत्वपूर्ण अन्तरक्रिया तथा छलफल गर्दै वडा दशैँको सम्मुखमा काेरियामा रहेका नेपाली समुदायसँग महान पर्व विजया दशमी, तिहार र छट पर्वको शुभकामना अादान प्रदान गर्ने समेत कार्यक्रम पनि रहेकाे जनाउनुभयो।
टोलीमा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, कनकाई नगर प्रमुख राजेन्द्रप्रसाद पोखरेल,शिवसताक्षी नगर प्रमुख चन्द्रकुमार शेर्मा तथा वातावरण र सामाजिक विकास सम्वध्द अधिकृत कर्मचारीहरू प्रकाश चौधरी , राजकुमार कट्टेल र शुशील मैनाली सहभागी हुनुहुन्छ। उपकरण निर्माता कम्पनीको प्रायोजनमा गएको नेपाली टोली सातदेखि दश दिन भित्रमा स्वदेश फर्कने जनाइएको छ।

3 thoughts on “वातावरण अध्ययन-अवलोकन गर्न मेयर श्रेष्ठ सहितको टोली दक्षिण कोरिया प्रस्थान”
  1. Every weekend i used to go to see this web page, because i wish
    for enjoyment, since this this site conations actually good funny material too.

  2. An impressive share! I’ve just forwarded this onto a coworker who was doing a little research on this. And he actually ordered me lunch because I found it for him… lol. So let me reword this…. Thank YOU for the meal!! But yeah, thanx for spending time to talk about this topic here on your blog.

  3. Hello! I could have sworn I’ve been to this web site before but after looking at a few of the posts I realized it’s new to me. Anyways, I’m definitely happy I came across it and I’ll be book-marking it and checking back often!

Leave a Reply

Your email address will not be published. Required fields are marked *