• Sun. Mar 23rd, 2025

वर्षायामको रातमा बिजुली लैजाने र हिउँदका दिनमा फर्काउने बिहारको प्रस्ताव

BySaptahik Samachar

८ आश्विन २०७८, शुक्रबार १८:५३ ८ आश्विन २०७८, शुक्रबार १८:५३ ८ आश्विन २०७८, शुक्रबार १८:५३

———————————काठमाडौं समाचारदाता

काठमाडौं, ८असौज।भारत बिहार सरकारले वर्षायामको रातमा नेपालबाट बिजुली लैजाने र हिउँदमा विहानदेखि बेलुकासम्म नेपाललाई बिजुली दिने प्रस्ताव गरेको छ। प्राधिकरणले वर्षायाममा खेर गएको बिजुली किन्न गरेको प्रस्तावमा विहारको सरकार सकारात्मक देखिएको हो ।
नेपालमा खपत भएर बढी भएको विद्युत् भारतको विहारसँग आदान-प्रदानको लागि प्राधिकरणले छलफल अघि बढाएको छ ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले संसदको विधायन व्यवस्थापन समितिमा बुधबार यसबारे जानकारी दिनुभएको छ । उहाँका अनुसार विहारले वर्षायाममा नेपालको साँझ ७ बजेदेखि विहान ६ बजेसम्म बिजुली लैजान प्रस्ताव गरेको छ । बिहारले त्यसको सट्टामा हिउँदयाममा विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म नेपाललाई बिजुली दिन सकिने बताएको छ । यसअनुसार बिहारले जति युनिट बिजुली वर्षायाममा लैजाने छ, त्यति नै युनिट बिजुली त्यसको सट्टामा हिँउदमा फिर्ता गर्नेछ ।
दुई हप्ताअघि भारत भ्रमणमा गएको प्राधिकरणको टोलीले बिहार स्टेट पावर होल्डिङ कम्पनी लि. र नेपालसँग विद्युत व्यापार गरिरहेका एनभीभीएन विद्युत व्यापार कम्पनीसँग वर्षायामको बिजुली किन्न प्रस्ताव गरेको थियो ।
त्यसबारे औपचारिक जवाफ पठाउँदै बिहारले वर्षायामको रातमा नेपालबाट बिजुली लैजाने र हिउँदमा विहानदेखि बेलुकासम्म बिजुली दिने गरी प्रस्ताव गरेको घिसिङले खुलाउनु भयो ।
प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज बजारमा बिजुली बिक्री गर्न अनुमति मागेको ६ महिनाभन्दा बढी भइसकेको छ । प्राधिकरणले पहिलो चरणमा ४५६ मेगावाटको माथिल्लो तामाकोशी र ४५ मेगावाटको भोटेकोशी आयोजनाको विद्युत वर्षायाममा भारतीय प्रतिस्पर्धी बजारमा बिक्री गर्ने प्रस्ताव गरेको छ ।
नेपाल विद्युत प्राधिकरणलाई भारतले आफ्नो एक्सचेन्ज बजारबाट बिजुली विद्युत खरिद र आयात गर्ने अनुमति गत वैशाख १ गते दिएको थियो । त्यसअनुसार प्राधिकरणले आवश्यक परेको बेला प्रतिस्पर्धी दरमा बिजुली किन्न थालिसक्दा सोही बजारमा लगेर नेपालको बिजुली बेच्न भने भारतले अनुमति दिएको छैन ।
प्राधिकरणले आफ्नो जोडबलले बिहारमा थोरै मात्रामा भएपनि बिजुली निर्यात गरिरहेको छ । उत्पादनको हिसावले अब त्यती निर्यात नगण्य हुन पुगेको छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको टोलीले बिहारसँग वर्षायाममा बिजुली लगेर हिउँदमा फर्काउने गरी छुट्टै सहमतिको प्रस्ताव गरेका थिए । यसबारे बिहारले आफ्नो प्रस्ताव पठाएपछि अब दुबै पक्ष यसबारे अध्ययन गरेर सहमति जुटाउने तयारीमा छन् ।

8 thoughts on “वर्षायामको रातमा बिजुली लैजाने र हिउँदका दिनमा फर्काउने बिहारको प्रस्ताव”
  1. В этой статье собраны факты, которые освещают целый ряд важных вопросов. Мы стремимся предложить читателям четкую, достоверную информацию, которая поможет сформировать собственное мнение и лучше понять сложные аспекты рассматриваемой темы.
    Получить больше информации – https://narko-zakodirovat1.ru/

  2. Элегантность и производительность BMW X6, модельный ряд.
    BMW X6: динамика и комфорт, будет радовать.
    Погрузитесь в.
    Уникальный дизайн BMW X6, поклонников.
    Динамика и производительность BMW X6, характеристики.
    Идеальный выбор – BMW X6, в стиль.
    Потрясающая отделка и материалы в BMW X6, выражают.
    BMW X6: идеальный автомобиль для путешествий, постоянно.
    Узнайте, почему BMW X6 так популярен, в нашем исследовании.
    Динамичный BMW X6 – для активной жизни, каждого.
    Надежность и безопасность BMW X6, неукоснительно.
    Почему BMW X6 – это лучшее решение, открывает.
    Технологический прогресс BMW X6, ваши поездки.
    Исключительный комфорт BMW X6, функции.
    Преимущества владения BMW X6, в нашем обзоре.
    Яркий и уникальный BMW X6, сделает вас заметным.
    BMW X6 против других SUV, в нашем обзоре.
    Что говорят владельцы о BMW X6?, в нашем обзоре.
    Современные системы безопасности BMW X6, защитят вас.
    Итоги: BMW X6, как лучший выбор, подводим итоги.
    bmw x 6 https://bmw-x6.biz.ua/ .

Leave a Reply

Your email address will not be published. Required fields are marked *