• Mon. Dec 8th, 2025

वर्कसपका लागि बाजुरा पुगे स्वस्तिमा र दीपेन्द्र

Bysaptahiksamachar

२६ माघ २०७७, सोमबार ००:२० २६ माघ २०७७, सोमबार ००:२० २६ माघ २०७७, सोमबार ००:२०
निर्देशक दीपेन्द्र के. खनाल र अभिनेत्री स्वस्तिमा खड्का जुन फिल्ममा आबद्ध हुन्छन्, त्यसमा आफ्नो तर्फबाट शतप्रतिशत दिन कुनै कसर छाड्दैनन् । जुन कुरा स्वस्तिमाले ‘बुलबुल’ बाट र दीपेन्द्रले ‘पशुपति प्रसाद र आमा’ बाट प्रमाणित गरिसकेका छन् । पहिलो पटक फिल्म ‘लभ लभ लभ’ मा सहकार्य गरेका उनीहरु अब दोस्रो पटक फिल्म ‘चिसो मान्छे’ मा सँँगै काम गर्दैछन् ।
 
शर्मिला पाण्डेले निर्माण गर्ने फिल्मको सम्पूर्ण छायांकन सुदूरपश्चिमाञ्चल बाजुरामा हुनेछ । लकडाउनमा मलेशियाबाट आएको लास काठमाडौंबाट बाजुरासम्म पुर्‍याउँदाको कथा वाचन गर्ने फिल्ममा स्वस्तिमासँगै अर्पण थापा र देशभक्त खनालको अभिनय रहनेछ । फागुन दोस्रो साताबाट छायांकन सुरु हुने फिल्मको कथा, पटकथा तथा संवाद निर्देशक खनाल आफैंले लेखेका हुन् । 
 
फिल्ममा बाजुराकी एक विवाहित महिलाको भूमिका निर्वाह गर्न लागेका कारण स्वस्तिमाले यस क्षेत्रमा बोलिने भाषा सिकिरहेकी छन् । एक हप्ता बाजुराकी एक महिलासँग काठमाडौंमा नै भाषा सिकेकी उनी केही दिनअघि निर्देशक खनाल र देशभक्त खनालको साथमा बाजुरा पुगेकी छन् । अब त्यहाँका स्थानियहरुसँग उनीहरुले भाषा, संस्कृतिको बारेमा छलफल गर्नेछन् ।
 
निर्देशक खनालले वर्कसपका लागि बाजुरा आएको बताए । उनले भने, ‘अहिले हामी बाजुराबाट पनि निकै निकट ठाउँमा आइपुगेका छौं । भाषाको बारेमा कलाकारहरुलाई काठमाडौंमा नै क्लास भएको थियो । यही आएर चाहिँ लोकेशनमै वर्कसप गर्ने र यस ठाउँको भाषा-संस्कृतिको बारेमा यहाँका स्थानीय व्यक्तिसँग छलफल गर्न भनेर आएका हौं । ३/४ दिन हामी यतै बस्छौं ।’
 
11 thoughts on “वर्कसपका लागि बाजुरा पुगे स्वस्तिमा र दीपेन्द्र”
  1. Greetings! Utter gainful suggestion within this article! It’s the scarcely changes which choice turn the largest changes. Thanks a lot for sharing!

  2. OFFICIAL LIVE CASINO CHANNEL: Топ проверенных площадок! Актуальные рабочие зеркала! Бонусы до 300%! Стратегии для рулетки, блэкджека и Crazy Time. ЭКСКЛЮЗИВНЫЕ ПРОМОКОДЫ. Регистрируйся, играй и моментально выводи выигрыши!
    https://t.me/Best_promocode_rus/2477/свежий_промокод_VOLNA
    Коллекция промокодов, бонусов, фриспинов и акций и как их найти: лучший активный канал казино Telegram с огромным опытом и качественным подбором на каждую площадку.

  3. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

Leave a Reply

Your email address will not be published. Required fields are marked *