काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बुधबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।निगमका अनुसार पेट्रोलको मूल्य ३ रुपैयाँले बढेर १३९ रुपैयाँ पुगेको छ । डिजेल र मट्टीतेलमा पनि ३ रुपैयाँ बढेर १२२ रुपैयाँ पुगेको छ । आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढेर १०६ र अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य प्रति किलाेलिटर १०० डलरले बढेर ९९५ पुगेकाे छ । खाना पकाउन प्रयोग हुने एलपी ग्यासमा अत्यधिक घाटा भएपनि हाललाई पहिलेकै मूल्य यथावत राख्ने निर्णय गरिएको निगमले जनाएको छ । निगमले खाना पकाउने ग्यासमा प्रति सिलिन्डर ६४६ रुपैयाँ घाटा भइरहेको बताएको छ यसअघि निगमले कात्तिक २४ इन्धनको मूल्य बढाएको थियो ।मूल्य समायोजनपछि पनि निगमलाई १५ दिनमा करिब एक अर्ब ८८ करोड घाटा हुने विज्ञप्तिमा जनाइएको छ ।पकाउनेनिमित्त कार्यकारी निर्देशकको जिम्मेवारी भट्टराईलाई सरकारले नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सुशिल भट्टराईलाई दिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निगमका नायव कार्यकारी निर्देशक भट्टराईलाई निमित्त कार्यकारी निर्देशकको पदीय जिम्मेवारी तोकेको हो। निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले कार्यकाल पूरा गरेर अघिल्लो साता बिदा भएपछि निगम नेतृत्वविहीन बनेको थियो। नयाँ कार्यकारी निर्देशक नियुक्त भएर नआउँदासम्मका लागि भट्टराईलाई निमित्तको जिम्मेवारी दिएको मन्त्रालयले जनाएको छ। निगमका नियमित काम गर्नुपर्ने भएकाले बुधबार भट्टराईलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी तोक्ने निर्णय भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बाबुराम गौतमले बताउनुभयो । मन्त्रालयले रिक्त कार्यकारी निर्देशक पदका लागि विज्ञापन आह्वान गरिसकेको छ। नयाँ कार्यकारी निर्देशक नियुक्त भएर नआउँदासम्म भट्टराईले कार्य सम्पादन गर्नेछन्। भट्टराईसँग यसअघि पनि लामो समय निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी पूरा गरेको अनुभव छ। Post Views: 261 Post navigation कोरोनाका कारण मनोकामना मन्दिर प्रवेशमा रोक राष्ट्रिय सभा सदस्यमा सत्ता गठबन्धनका बस्नेत गोलाबाट विजयी