• Sat. Jul 27th, 2024

वडा अध्यक्ष गौरवलाई मातृशोक

BySaptahik Samachar

२ मंसिर २०८०, शनिबार १६:४० २ मंसिर २०८०, शनिबार १६:४० २ मंसिर २०८०, शनिबार १६:४०

भद्रपुर/ भद्रपुर नगरपालिकाको ८ नम्बर वडाअध्यक्ष गौरव सुब्बा ‘मनोज’लाई मातृशोक परेको छ ।
उहाँकी ममतामयी माता हाङमा सुब्बाको ९३ वर्षको उमेर आज शनिबार अपराह्न २ बजे स्थानीय किरात कोलनीस्थित निजी निवासमा निधन भएको हो ।
उहाँको परिवारमा ३ छोरा–बुहारीहरू अरुण–अंशु, डिकबहादुर–मञ्जु राई सुब्बा र मनोज–मञ्जु लिङ्देन सुब्बा; ३ छोरीहरु कमला, तुलसा र शान्ती तथा ४ नाति–१ नातिनी छन् ।
उहाँहरुका पिता क्याप्टेन बीरहाङ्ग लिम्बूको गत २०७१ सालको असोज २७ गते नै निधन भइसकेको छ ।
ब्रह्मलीन हाङ्माको पार्थिव शरीरको अन्त्येष्टि मंसीर ३ गते, आइतबार बिहान १० बजे विश्रान्ति घाट देउनिया खोलामा गरिने पारिवारिक स्रोतले जनाएको छ ।

One thought on “वडा अध्यक्ष गौरवलाई मातृशोक”

Leave a Reply

Your email address will not be published. Required fields are marked *