• Sat. Jul 27th, 2024

लोकराज ढकाल रेडक्रस झापाको सभापतिमा पुनः निर्वाचित

BySaptahik Samachar

४ फाल्गुन २०७९, बिहीबार १८:०६ ४ फाल्गुन २०७९, बिहीबार १८:०६ ४ फाल्गुन २०७९, बिहीबार १८:०६

पदाधिकारी र महिला सदस्य पनि सर्वसम्मत

भद्रपुर ४, फागुन / नेपाल रेडक्रस सोसाइटी, झापा शाखाको सभापतिमा लोकराज ढकाल पुनः निर्वाचित हुनुभएको छ।रेडक्रस झापाको निर्वाचन समितिका अनुसार सभापति लगायत सवै पदाधिकारी पद सर्वसम्मत निर्वाचित भएको हो।
निर्वाचन समितिका अनुसार सभापतिमा ढकाल सहित महिला उपसभापतिमा मन्जु सिटौला पोखरेल,उपसभापति खुलामा मित्रप्रसाद काफ्ले,मन्त्रीमा चन्द्रप्रसाद चुडाल सर्वसम्मत हुनुभएको छ। उहाँहरू यस अघिको कार्यसमितिमा पनि सोही पदमा हुनुहुन्थ्यो।
त्यस्तै, कोषाध्यक्षमा ओमप्रकाश गौतम, उपमन्त्रीमा प्रकाशचन्द्र खरेल र उपकोषाध्यक्षमा हेमकुमार खड्का सर्वसम्मत निर्वाचित हुनुभएको छ। उपकोषाध्यक्षमा उम्मेदवारी दिएका नेत्रविक्रम विमलीले मनोनयन फिर्ता लिएकाले खड्का पनि सर्वसम्मत निर्वाचित भएको रेडक्रस झापाले जनाएको छ। त्यसैगरी,रेडक्रस झापाको तीन महिला सदस्यमा शर्मिला अधिकारी,सीता भण्डारी र कुशुम कोइराला निर्वाचित हुनुभएको छ। महिला सदस्यमा उम्मेदवारी दिनु हुने शीला भट्टराई बराल, सरिता खड्का, रूपा राई र सेलेतन खातुनले मनोनयन फिर्ता लिएपछि महिला सदस्य पनि सर्वसम्मत भएको हो।
रेडक्रस झापाकाे खुला ७ पदमा १६ जनाको उम्मेदवारी परेको छ। ती पदमा पनि सर्वसम्मत गराउने प्रयास भइरहेको छ। निर्वाचन समितिका अनुसार भोलि १ बजेसम्म मनोनयन फिर्ता लिने समय निर्धारण गरिएको छ भने फागुन ६ गते १० देखि १.०० वजे सम्म निर्वाचन समय तोकिएको छ।

One thought on “लोकराज ढकाल रेडक्रस झापाको सभापतिमा पुनः निर्वाचित”

Leave a Reply

Your email address will not be published. Required fields are marked *