• Sat. Jul 27th, 2024

लेखापढी व्यवसायीद्वारा अपाङ्ग सङ्घका आश्रित लाई दशैँमा सहयोग

BySaptahik Samachar

१३ आश्विन २०७९, बिहीबार २०:३१ १३ आश्विन २०७९, बिहीबार २०:३१ १३ आश्विन २०७९, बिहीबार २०:३१

भद्रपुर १३,असोज / नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएशन इकाई समिति भद्रपुर झापाको ३२औं स्थापना दिवसको अवसरमा विहीबार नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रमा रहेका सहाराविहीन अपाङ्गता भएकाहरुलागि दशैँ मनाउनका लागि नगद१० हजार र त्यति नै मूल्य वरावरको खाद्यान्न उपलव्ध गराइएको छ । एशोसिएशनका सदस्यद्वय मुरारी न्यौपाने र प्रकाश निरौलावाट जनही प्राप्त ५ /५ हजार गरी रु.१० हजार र संस्थाबाट प्रदान गरिएको खाद्यान्न संस्थाका सभापति ऋषि चापागाईलाई  हस्तान्तरण गरिएको हो।

अपाङ्ग सङ्घद्वारा सञ्चालित नागरिक ग्राम परिसरमा आयोजित संक्षिप्त कार्यक्रममा दाता संस्थाका पदाधिकारीहरुको उपस्थितिमा सहयोग हस्तान्तरण गरिएको हो। हस्तान्तरणका अवसरमा एसोसिएशनका अध्यक्ष लोकनाथ भट्टराईले यस प्रकारको सहयोग  आगामी दिनमा पनि निरन्तर रहने बताउँदै भौतिक संरचना निर्माण तथा मर्मतमा समेत  सहयोग गर्ने इच्छा जाहेर गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *