• Sat. Jul 27th, 2024

लिङ्देन पुनः अध्यक्षमा निर्वाचित

BySaptahik Samachar

३ आश्विन २०७८, आईतवार २१:११ ३ आश्विन २०७८, आईतवार २१:११ ३ आश्विन २०७८, आईतवार २१:११

भद्रपुर ४,असोज। कमलधाप रामपोखरी सामुदायिक वन समूह भद्रपुर -२ को अध्यक्षमा घनेन्द्र लिङ्देन पुनः निर्वाचित हुनुभएको छ। हिजो संस्थाको भवनमा भएको निर्वाचनमा विजयी लिङ्देनले २६४ मत ल्याउनु भएको थियो भने प्रतिद्वन्द्वी डिल्लीराम आङ्वोले २१५ मत प्राप्त गर्नुभएको थियो।
५ सय ३५ सदस्य रहेको वन समूहको निर्वाचनमा ५१६ मत खसेको निर्वाचन मण्डलका संयोजक तथा वन महासंघ, प्रदेश १ का न्यायिक समिति संयोजक घनश्याम खनालले जानकारी दिनुभयो।
त्यसैगरी रेविका राई २६८ मत पाएर पुनः उपाध्यक्षमा दोहोरिनु भएको छ भने उहाँको प्रतिद्वन्द्वी आशा तामाङले २०९ मत ल्याउनु भएको थियो। कोषाध्यक्षमा इन्द्रकुमारी लकान्द्री विजयी बन्नु भएको छ। उहाँले २५२ मत पाउनु भयो भने प्रतिद्वन्द्वी कविता पुन मगरले २१२ मत मात्र पाएर पराजित हुनु परेको छ।यी तीन पद वाहेक अन्य पद निर्विरोध सम्पन्न भएको छ।

पृथ्वीनगरबाट लक्ष्मी मिश्रले दिएको जानकारी अनुसार, सचिवमा मनकुमारी राई, सहसचिवमा नितेश प्रधान र सदस्यहरूमा मोहन धमला, चुडामणि दाहाल ‘राजु’, पवित्रा गजमेर, जगन्नाथ अधिकारी, छत्रहाङ लिम्बू र मिना मगर निर्विरोध हुनुभएको छ।
गत वर्षको चैत्र महिनामै हुनु पर्ने सामुदायिक वनको ११औं अधिवेशन कोरोना कहरका कारण हिजो सम्पन्न भएको हो। निर्वाचन मण्डलमा संयोजक खनाल वाहेक चन्द्र तामाऔङ, जीवन बाँस्तोला, कृष्णप्रसाद शिवाकोटी सदस्य हुनुहुन्थ्यो। निर्वाचन सफल पार्न वन महा संघका झापा अध्यक्ष वेदप्रकाश भण्डारी समेत सहभागी हुनुभएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *