• Sat. Jul 27th, 2024

रोटरी क्लव अफ भद्रपुरद्वारा ह्वील चेयर वितरण

BySaptahik Samachar

६ पुष २०७९, बुधबार १६:०१ ६ पुष २०७९, बुधबार १६:०१ ६ पुष २०७९, बुधबार १६:०१

भद्रपुर ०६,पुस/रोटरी क्लव अफ भद्रपुरले वुधवार ह्वील चेयर वितरण गरेको छ । आर्थिक अवस्था कमजोर भएका ४ जना अशक्त अपाङ्गता भएकाहरूलाई क्लवले ह्वील चेयर वितरण गरेको हो ।
भद्रपुर स्थित होटल उडल्याण्डमा आयोजित संक्षिप्त कार्यक्रममा क्लवका चार्टर प्रेसिडेन्ट किशोर पराजुलीले ह्वील चेयर वितरण गर्नुभएको कार्यक्रमका सभापति तथा रोटरी क्लव अफ भद्रपुरका प्रेसिडेन्ट इश्वर अधिकारीले जानकारी दिनुभयो ।
भद्रपुर ३ निवासी वर्ष १७ का लेखनाथ गनगाई, भद्रपुर २ वस्ने वर्ष १० का प्रसन्न राई, भद्रपुर ४ वस्ने वर्ष ३८ का दिनलाल माझी र हल्दीवारी ३ निवासी वर्ष १६ का मेघराज ढुङ्गेललाई करिव ५० हजार मुल्य वरावरको ४ थान ह्वील चेयर वितरण गरिएको क्लवका सचिव पवन श्रेष्ठले जानकारी दिनुभयो ।

रोट्रयाक क्लव अफ भद्रपुरको सहआयोजनामा भएको कार्यक्रमको औचित्य माथि क्लवका पाष्ट प्रेसिडेन्ट टिकाराज ढकालले प्रकाश पार्नुभएको थियो भने
पाष्ट प्रेसिडेन्टहरु दिपेश ढकाल,आदित्य पराजुली,विगत ओझा तथा प्रेसिडेन्ट इलेक्ट विनोद चापागाईंले शुभकामना मन्तव्य राख्नुभएको थियो। ह्वील चेयर वितरण कार्यक्रमको प्रोग्राम कोअडिनेटर कविन राई हुनुहुन्थ्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *