• Sat. Jul 27th, 2024

रेडक्रस भद्रपुर उपशाखाद्वारा मास्क वैंक कार्यक्रम सञ्चालन

BySaptahik Samachar

२७ श्रावण २०७८, बुधबार १६:२१ २७ श्रावण २०७८, बुधबार १६:२१ २७ श्रावण २०७८, बुधबार १६:२१

भद्रपुर २७ साउन /नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाले मास्क वैंक कार्यक्रम सञ्चालनमा ल्याएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको साउन २३ देखि २९ गतेसम्मको नेपाल मास्क अभियानलाई सफल बनाउन भद्रपुर उपशाखाले मास्क वैंक कार्यक्रम ल्याएको हो।

‘हुनेले दिएर जाऔं, नहुनेले लगेर प्रयोग गरौं ‘ भन्ने नाराका साथ मास्क वैंक कार्यक्रम सञ्चालनमा ल्याइएको नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाका सभापति गोपाल गिरीले जानकारी दिनुभयो। कार्यक्रम अनुसार भद्रपुरमा आज भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले, स्वयंसेवकलाई मास्क हस्तान्तरण गर्दै मास्क वैंकको शुभारम्भ गर्नुभएको छ।

रेडक्रस भद्रपुर उपशाखाका सभापति गोपाल गिरीको सभापतित्वमा भएको कार्यक्रममा नगर प्रमुख श्रेष्ठले कार्यक्रमको सराहना गर्दै कोभिड विरुद्धको यो अभियानमा सवैलाई हातेमालो गर्न आह्वान गर्नुभयो। वडा प्रहरी कार्यालय भद्रपुरका इन्चार्ज प्रहरी निरीक्षक दलकुमार राईले समेत शुभकामना मन्तव्य राखेको कार्यक्रमको संचालन भद्रपुर रेडक्रसका सचिव दीप लिम्बूले गर्नुभएको थियो।

मास्क अभियान २३-२९ गते पछि पनि भद्रपुर रेडक्रसले मास्क वैंक कार्यक्रम मार्फत मास्क अभियानलाई निरन्तरता दिने उद्देश्य राखेको छ, सभापति गिरीले भन्नुभयो – कम्तीमा १ लाख मास्क संकलन र वितरण गर्ने लक्ष्य राखिएको छ।

दुवै खोप लगाएका मानिसमा पनि कोरोना संक्रमण देखिन थालेपछि मास्क र सेनिटाइजर प्रयोग अनिवार्य बनेको छ। आजको कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुर र वडा प्रहरी कार्यालय भद्रपुरको सहयोग रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *