• Sun. Jun 23rd, 2024

राप्रपाद्वारा छात्रछात्रालाई स्वेटर वितरण

BySaptahik Samachar

१८ पुष २०७८, आईतवार १७:५३ १८ पुष २०७८, आईतवार १७:५३ १८ पुष २०७८, आईतवार १७:५३

-गोपाल गिरी – – – – – – – – – – – भद्रपुर १८ पुस /झापा भद्रपुर-३ वैशाबारीमा रहेको आदर्श प्राथमिक विद्यालयका छात्र छात्रालाई स्वेटर सहित शैक्षिक सामग्री कपी-पेन्सिल र विस्कुट वितरण गरिएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा. भद्रपुर नगर समितिका तर्फबाट आज विद्यालयमै पुगेर विद्यार्थीहरूलाई ती सामग्री हस्तान्तरण गरिएको हो।
राप्रपा. भद्रपुर नगर समितिका अध्यक्ष राधा कार्कीको सहजीकरणमा विद्यालयका ९२ जना छात्रछात्रालाई जाडोका लागि स्वेटर लगायतका सामग्रीको व्यवस्थापन गरेको जनाइएको छ।
विद्यालयका संस्थापक अध्यक्ष मोदीलाल गणेशको अध्यक्षता र राप्रपा.का ३ नं. क्षेत्रीय अध्यक्ष नवराज पनेरू”राजु” को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा राप्रपा. नगर अध्यक्ष कार्की र सञ्चारकर्मी गोपाल गिरीले मन्तव्य व्यक्त गर्नुभएको थियो। विद्यालयका शिक्षक सुरज वाँस्कोटाले संचालन गरेको कार्यक्रममा प्रधान अध्यापक ललितवहादुर लिम्बूले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा विद्यालयका तर्फबाट सामग्री व्यवस्थापन गर्ने कार्कीलाई सम्मान-पत्र प्रदान गरिएको थियो भने स्थानीय जेष्ठ नागरिकद्वय मोदीलाल गणेश र गोपीलाल ताँतीलाई दोसल्ला र टोपी लगाएर राप्रपा.नगर समितिका तर्फबाट सम्मान गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *