• Thu. Apr 16th, 2026

राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले पार्टी छाडेको घोषणा /सहयोगीहरूको साथ पाउने सम्भावना कम /निर्णय पुनर्विचार गर्न अध्यक्ष लिङ्देनको आग्रह

BySaptahik Samachar

२५ माघ २०७८, मंगलवार १८:२४ २५ माघ २०७८, मंगलवार १८:२४ २५ माघ २०७८, मंगलवार १८:२४
 काठमाडौं –राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टी छाड्ने घोषणा गरे लगत्तै अध्यक्ष राजेन्द्र लिङ्देनले यो निर्णय दुर्भाग्यपूर्ण भएको बताउनुभएको छ । थापाले मंगलबार एक विज्ञप्ति जारी गरी आफू पार्टीबाट अलग भएको घोषणा गर्नुभएको थियो।

त्यस विषयमा कुरा गर्दै लिङ्देनले भन्नुभयो-, ‘उहाँले पठाउनुभएको पत्रको विषयमा पार्टीको शीर्ष तहमा छलफल भई उहाँसमेतको सल्लाह सुझावमा समाधानको उपाय खोज्ने अन्तिम प्रयास भइरहेका बेला यस प्रकारको निर्णय हुनु अनपेक्षित, उहाँको राजनीतिक जीवनको लागि दुर्भाग्यपूर्ण घटनाको रुपमा हामीले लिएका छौं ।’
गत मंसिरमा पार्टी महाधिवेशनमा लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि थापाले पार्टीमा पूर्व राजाको हस्तक्षेप भएको भन्दै छानबिन गर्न माग गर्नुभएको थियो। उहाँले पूर्वराजाको हस्तक्षेपको विषयमा छानबिन गर्न तीन पटक अध्यक्ष लिङ्देनलाई ध्यानाकर्षण पनि गराएको भन्नुभएको छ।
अध्यक्ष लिङ्देनले भने थापाकै सल्लाह अनुसार पार्टीको शीर्ष तहमा यस विषयमा छलफल गर्ने तयारी भइरहेको बताउनुभएको छ।उहाँले भन्नुभयो -‘भर्खरै संस्थापक अध्यक्ष लोकेन्द्रबहादुर चन्दसँग यस विषयमा कुराकानी गरेर आएको छु, दुई दिनपछि पदाधिकारी बैठक पनि बोलाइसकेको अवस्थामा यस प्रकारको निर्णय (कमल थापा अलग हुने घोषणा) आउनु दुर्भाग्यपूर्ण हो’ ।
थापालाई निर्णय सच्याउन आग्रह गर्दै अध्यक्ष लिङ्देनले थापाको निर्णयबाट विचलित नहुन पार्टीका कार्यकर्ता र शुभेच्छुकहरुलाई आग्रह गर्नुभएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले भने पार्टीमा आफ्नो मागको सुनवाई नभएपछि पार्टी परित्याग गर्नु परेको बताउनुभएको छ ।
गृह नगर हेटौडा पुगेर थापाले एक विज्ञप्ति जारी गरी आफनो मागको सम्वोधन नहुने भएपछि पार्टी परित्यागको अप्रिय निर्णय लिनु परेको जनाउन भएको हो । विज्ञप्तिमा उहाँले राप्रपाका कुनै नेतासँग बैरभाव नभएको पनि उल्लेख गर्नुभएको छ।
‘अत्यन्त भारी मन तथा पिडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीवाट अलग हुने निर्णय गरेको छु,’ थापाले उल्लेख गर्नुभएको छ,‘पार्टी भित्र देखा पर्न थालेको सैद्धान्तिक बिचलन तथा गलत प्रवृतिलाई सुधार गरेर मेरा बाँकी क्रियाशिल राजनीतिक जीवन पार्टी भित्रै बिताउने र पार्टीमा मै रमाउने उत्कृष्ट चाहाना भएतापनि आफनो कुराको सुनुवाई नुहने भए पछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ ।’
सोमवार काठमाडौंमा आफू निकट राप्रपाका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको अलग भेला गरेका अध्यक्ष थापाले पार्टी परित्यागको घोषणा भने गृह जिल्ला मकवानपुर पुगेर गर्नुभएको हो।
थापा गत मंसिर १५–१८ मा भएको महाधिवेसनमा अध्यक्ष राजेन्द्र लिङदेनसंग पराजित हुनुभएको थियो । पुर्व राजा ज्ञानेन्द्र शाह र निर्मल निवासको सचिवालयले पार्टीको आन्तरिक राजनीतिमा हस्तक्षेप गरेर पराजित गराएको गुनासो गर्दै आउनुभएका थापाले गत मंसिर २७ गते अध्यक्ष लिङदेनलाई पत्र लेखेर सो बिषयमा छानबिनको माग गर्नुभएको थियो । त्यस्तै उहाँले माघ १६ मा स्मरण पत्र लेखेको भए पनि सुनुवाई नभएको आरोप लगाउँदै आउनुभएको थियो।
यसैवीच, राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका पूर्व अध्यक्ष कमल थापालाई आफ्नै समूहका विश्वास पात्रहरुले साथ नदिने भएका छन्। थापाले टिममा छलफल नै नगरी अचानक पार्टीबाट बाहिरिने निर्णय गरेपछि उनका निकटस्थहरुले साथ नदिने प्रतिक्रिया आएको छ।
सोमबार नवदुर्गा पार्टी प्यालेस धुम्बाराहीमा बोलाएको थापा समूहको भेलामा तत्काल पार्टी छाड्ने निर्णय नगर्ने बताएका थापाले आफूहरुलाईसमेत थाहै नदिई यस्तो निर्णय गरेको थापा निकटका नेता एवं वर्तमान उपाध्यक्ष बुध्दिमान तामाङले बताउनुभयो ।थापाले पार्टी नेतृत्वलाई पठाएको पत्रका विषयमा आज (मंगलबार) अध्यक्षसँग बसेर छलफल गर्ने तयारी भइरहदा थापाले यस्तो निर्णय गरेकाले उहाँसँग कोही पनि नलाग्ने तामाङले बताउनुभयो ।
त्यस्तै, राप्रपाका महामन्त्री भुवन पाठकले पनि पूर्वअध्यक्ष कमल थापाको मागका सन्दर्भमा पार्टीभित्र छलफल भइसकेको बेला एकाएक पार्टी छाड्नु गल्ती भएको टिप्पणी गर्नुभएको छ ।. महाधिवेशनमा कमल थापा टिमबाट प्रतिस्पर्धामा उत्रिएका पाठकले थापाले राजीनामा गर्नुअघि आफूसँग कुनै सरसल्लाह समेत नरहेको जिकिर गर्दै पार्टी छाड्ने घोषणाले आफू आश्चर्यचकित भएको बताउनुभयो ।
‘हामी त मिलाउन लागिपरेका थियौँ । आजै पनि अध्यक्षसँग ३ बजे छलफल राखिएको थियो’, उहाँले भन्नुभयो-,‘एकाएक राजीनामा दिएर राम्रो गर्नु भएन ।’ कमल थापाले अर्को पार्टी गठन गरे आफ्नो समर्थन नरहने स्पष्ट पार्दै – ‘यही राप्रपामा ३१ वर्ष बिताएँ । उहाँले अर्को पार्टी बनाउनु भयो भने मेरो समर्थन रहँदैन’, पाठकले भन्नुभयो ।
टिममा छलफल नै नगरी पार्टीमा नरहेको घोषणा गर्ने कमल थापाका पछाडि आफूसहित कोही पनि नलाग्ने तामाङ र पाठकको प्रतिक्रिया आइसकेको छ भने कुन्ती शाहीले थापाको निर्णयलाई अप्रत्याशित भन्नुभएको छ ।

121 thoughts on “राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले पार्टी छाडेको घोषणा /सहयोगीहरूको साथ पाउने सम्भावना कम /निर्णय पुनर्विचार गर्न अध्यक्ष लिङ्देनको आग्रह”
  1. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

  2. Secondary school math tuition is crucial іn Singapore’ѕ ѕystem, ensuring yоur post-PSLE child enjoys math learning.

    Уoᥙ ѕee lah, Singapore alwɑys first іn international math, ᴠery gao lat!

    Dear parents, Singapore math tuition іs үour
    ace in the hole аgainst Secondary 1 math anxieties.

    Secondary math tuition ᥙses versatile, child-centered methods tо knowing.
    Thгough secondary 1 math tuition, geometry ends up bеing force of habit, providing yoᥙr child ɑ
    head start іn tһeir academic adventure.

    Secondary 2 math tuition archives student artworks fгom math.
    Secondary 2 math tuition displays fractal styles.
    Artistic secondary 2 math tuition celebrates skill. Secondary 2 math tuition combines disciplines.

    Perfortming ԝell іn secondary 3 math exams is crucial becɑuse this yeɑr covers a significant portion օf the O-Level syllabus,
    setting thе stage for success in thе national exams just οne year awɑʏ.
    Strong гesults іn thesе exams help students solidify foundational concepts ⅼike algebra аnd geometry, reducing
    tһе pressure in secondary 4. Ultimately, excelling һere oⲣens
    doors to bеtter subject streaming ɑnd post-secondary options
    in Singapore’s competitive education ѕystem.

    Wіth O-Levels in vieԝ, secondary 3 math exams stress excellence fօr readiness.

    Tһese exams test withstanding skills. In Singapore, it
    supports visionary professions.

    Secondary 4 exams celebrate talent іn Singapore’ѕ sүstem.

    Secondary 4 math tuition art ᴡork archive. This disciplines merge Օ-Level.
    Secondary 4math tuition commemorates.

    Ꮃhile exams build skills, math serves ɑs a key talent in thе AI boom, driving advancements іn augmented learning.

    Loving mathematics аnd applying its principles in everyday life iѕ key.

    One major advantage is that іt exposes students tߋ the diversity of
    mathematical notwtions սsed in Singapore schools.

    Usіng online math tuition е-learning systems ɑllows
    Singapore students tօ simulate exam halls virtually fοr realistic practice.

    Wah leh, steady siа, kids enjoy secondary school CCA, support gently
    ᴡithout stress.

    Мy website – a level maths tuition malaysia

  3. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

Leave a Reply

Your email address will not be published. Required fields are marked *