________ रूमा राजवंशी,मेचीनगर
सयपत्री, मखमली, गोदावरी ढकमक फुलेका,धानका बालाहरु झुलेको समयमा घर, आँगन रातो माटो र गाइको गोबरले लिपपोत गरी,कपडा धोइ सरसफाई गरी रंगीचंगी झिलिमिली बत्ती लगाई, आँगनमा ठूलो रंगोली बनाइ, हर्ष र खुसीले लक्ष्मी माताको पूजा गरी सन्ठीले निर्मित हुकाहुकीमा आगो बालेर ःआकाशतिर फाल्दै "हुक्काले रे हुक्कीले दादो दादी ओलोइले- सोरा सोरा- " भन्दै हुकाहुकी खेल्नुको आनन्दै बेग्लै छ।
आदिवासी राजवंशी समुदायमा यो खेल समूहमा खेलिन्छ। लक्ष्मी पूजाको दिन साँझपख लक्ष्मी पूजा गरिसके पश्चात हुकाहुकीको पनि पूजा गरी यो खेल खेल्न सुरु गरिन्छ।



तर, त्यो भन्दा पहिले लक्ष्मी पूजाको दिन बिहान सवेरै उठेर धान खेतमा गई ‘लोकेर धान आउल बाउल हामार धान दुधेर चाउल ‘ ” हाँसेर डिमा कटकट हामार मालतिरा भटभट’ सोरा सोरा भन्दै हुकाहुकी बनाउनका निम्ति चाहिने सन्ठि र इलुवा ( कुश जस्तै) एक प्रकारको घाँस को व्यवस्था गर्ने गर्दछन्।र घरमुलीले आफ्नो छोरा, छोरीका निम्ति विहान वा दिउँसोको समयमा खेल्नका लागि ठूलो आकारको र आफनो घरको कुल देवताहरुलाई चढाउनका लागि सानो आकारकाे हुकाहुकी बनाउँछन् ।
सर्वप्रथम पूजा गरेर देवी-देवता थानमा चढाइ साँझपख लक्ष्मी पूजा गरेर गाँउका सबैजना खुला चौर वा खेतमा जम्मा भई सबैको हुकाहुकी एक ठाउँमा भेला पारी आगो सल्काएर आकाशतर्फ उज्यालो देखाउँदै हुकाले रे हुकीले दादो दादी ओलोइले-सोरा सोरा हाँसेर डिमा कटकट हामार मालतीरा भटभट’ सोरा सोरा भन्दै एकदमै हर्षोल्लासका साथ यो खेल खेलेर गरुवासी (तिहार) पर्व मनाइन्छ।

“आफ्ना पितृहरूलाई सम्झदै यो खेल खेलिन्छ र पितृहरूले खुसी हुँदै आशीर्वाद दिनु हुन्छ भन्ने जनविश्वास रहेको बताउनुहुन्छ राजवंशी समुदायका कुल गुरु खड्गप्रसाद राजवंशी।” माथि उल्लेखित गीतले पनि हजुरबुबा, हजुरआमालाई सम्झिएको र आशीर्वाद मागेको साथै सन्ठीको आगोको उज्यालोले घर,आगन र आकाशै उज्यालो भएकोले सबैतिर खुसीयाली छाउने महत्त्व बोकेको यो सांस्कृतिक खेल परापूर्व कालदेखि नै खेलिआएको उहाँले बताउनुभयो।


सोरा खेलको अन्त्य सन्ठी बलेको आगोमा ३ पटक नाघेर मान्यजन तथा ठुलावडालाई खुट्टा ढोगी आशीर्वाद समेत लिने चलन रहेको छ ।यसका साथै सन्ठीको टुक्रालाइ फलफूल र रुख विरुवाको नाम दिइ रोप्ने समेत प्रचलन रहेको छ।
दिपावलीको अबसरमा परापूर्वकालदेखि नै मनाउँदै आएको सांस्कृतिक महत्त्वको यो खेल सन्ठीको अभावको कारणले गर्दा ओझेलमा परेको जस्तो देखिए तापनि पछिल्लो समय आएको आफ्नो संस्कार, संस्कृति बचाउ , आफ्नो पहिचान जोगाऔं भन्ने जागरणले सन्ठीको अभावका बावजुद पनि यो खेलको उत्साह दिनानुदिन बढ्दै गएको छ।
- राजवंशी शिक्षण पेसासंग सम्वद्ध हुनुहुन्छ।
SEO çalışmaları, sadece içerik oluşturmakla sınırlı değil. Site yapısının doğru olması, hızın artırılması ve mobil uyumlu içeriklerin hazırlanması çok önemli faktörler.