• Mon. Dec 15th, 2025

रगतको अभाव टार्न रक्तदान

BySaptahik Samachar

९ फाल्गुन २०७७, आईतवार १९:१७ ९ फाल्गुन २०७७, आईतवार १९:१७ ९ फाल्गुन २०७७, आईतवार १९:१७

झापामा भइरहेको रगतको अभाव टार्न आज आइतबार भद्रपुरमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ। सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुर र साना हातहरु नेपालको आयोजनामा भद्रपुर नगरपालिका परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो। भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्य र सेवा केन्द्र की अध्यक्ष शीला खड्का श्रेष्ठको सभापतित्वमा भएको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन भएको रेडक्रस भद्रपुर उपशाखाका सभापति गोपाल गिरीले जानकारी दिनुभयो। नगर प्रमुख श्रेष्ठ, ५नं.वडा अध्यक्ष बन्धु कार्की र आयोजक साना हातहरू नेपालका कार्यक्रम इन्चार्ज विक्रम वाग्लेले मन्तव्य राखेको कार्यक्रमको सञ्चालन महासचिव दीपक अधिकारीले र स्वागत मन्तव्य सेवा केन्द्रकी लता चापागाईं कार्कीले राख्नुभएको थियो। रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार केन्द्र भद्रपुरको प्राविधिक सहयोगमा भएको थियो।

7 thoughts on “रगतको अभाव टार्न रक्तदान”
  1. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

Leave a Reply

Your email address will not be published. Required fields are marked *