• Sat. Jul 27th, 2024

युवा रेडक्रस सर्कलद्वारा रक्तदान कार्यक्रम

BySaptahik Samachar

२६ फाल्गुन २०७८, बिहीबार २०:५५ २६ फाल्गुन २०७८, बिहीबार २०:५५ २६ फाल्गुन २०७८, बिहीबार २०:५५

भद्रपुर २६,फागुन / युवा रेडक्रस सर्कल मेची वहुमुखी क्याम्पस भद्रपुर झापाले विहीबार रक्तदान कार्यक्रम गरेको छ । क्याम्पसमा आयोजित रक्तदान कार्यक्रममा २५ जना छात्रा सहित ९० जनाले रक्तदान गरेको क्याम्पस युवा सर्कलले जनाएको छ ।
सो अवसरमा हरेक तीन महिनामा क्याम्पस प्राङ्गणमा रक्तदान कार्यक्रमको आयोजना गरिने युवा सर्कल अध्यक्ष भिष्म घिमिरेले उद्घोष गर्नुभयो । विपद् प्रतिकार्य सम्बन्धी विभिन्न कार्य र प्राथमिक उपचार तालिमका लागि सर्कलले विभिन्न गतिविधि जारी राख्ने पनि उहाँले जनाउनुभएको छ।
कार्यक्रममा युवा रेडक्रस सर्कलका संरक्षक एवं मेची वहुमुखी क्याम्पसका प्रमुख जीवन पोखरेलले विद्यार्थीहरुलाई सामाजिक सेवा भावको विकास गराउन क्याम्पसले यथाशक्य सहयोग पुर्‍याउने प्रतिवध्दता व्यक्त गर्दै युवा रेडक्रस सर्कलको सक्रियता प्रति आभार प्रकट गर्नुभयो । रक्तदान कार्यक्रममा रक्त संचार केन्द्र भद्रपुरको प्राविधिक सहयोग रहेको थियो।

One thought on “युवा रेडक्रस सर्कलद्वारा रक्तदान कार्यक्रम”

Leave a Reply

Your email address will not be published. Required fields are marked *