• Sat. Jul 27th, 2024

युरो कपको नकआउट चरणका खेल आजबाट

BySaptahik Samachar

१२ असार २०७८, शनिबार १७:१३ १२ असार २०७८, शनिबार १७:१३ १२ असार २०७८, शनिबार १७:१३

आजदेखि १६ औं संस्करणको युरोकप फुटबल प्रतियोगिता मा नकआउट चरणका खेलहरु सुरु हुदै छन । जम्मा ६ वटा समुहमा विभाजित २४ राष्ट्रले आ आफ्नो समुहमा एकअर्कामा प्रतिस्पर्धा गर्दै समूह प्रथम र दोस्रो भइ राउन्ड अफ १६ मा आफ्नो स्थान सुरक्षित गरेका १२ राष्ट्र का साथै समुहमा तेस्रो स्थानमा रहने ६ वटा राष्ट्रहरु मध्ये अंकका आधारमा उत्कृष्ट ४ राष्ट्र गरी जम्मा १६ राष्ट्रले आजबाट शुरु हुने नकआउट चरणका खेलहरु खेल्नेछन । 


निकै नै प्रतिस्पर्धात्मक रहेका समूह चरणका खेलहरुमा आफुलाई अब्बल सावित गर्न सफल राष्ट्रहरुमा समूह ए बाट इटली, वेल्स र स्विजरलेण्ड, समुह बि बाट बेल्जियम र डेनमार्क , समूह सिू बाट नेदरल्यान्ड, अष्ट्रिया र  युक्रेन, समूह डि बाट इङ्गलेण्ड, क्रोएसिया र चेक गणतन्त्र यसैगरी समुह ई बाट स्विडेन र स्पेन तथा समूह एफू बाट फ्रान्स, जर्मनि र पोर्चुगल क्रमशः आ आफ्नो समुहमा पहिलो, दोस्रो र तेस्रो हुँदै अघिल्लो चरण प्रवेस गरेका हुन ।


समूह ए मा इटलीले आफुले खेलेका सबै खेलमा शतप्रतिसत जित निकालेको थियो । समूह चरणमा एक गोल पनि नखाईकन  उसले टर्कि र  स्विजरलेण्ड विरुद्ध ३-० तथा वेल्स विरुद्ध १-० को जित निकालेको थियो । यसैगरी यहि समुहमा वेल्सले स्विजलेण्डसँग १-१ को बराबरी तथा टर्की विरुद्ध २ ० को जित निकालेको थियो भने इटलीसँग १-० को हार बेहोरेको थियो । समुहमा तेस्रो भएको स्विजरलेण्डले टर्की विरुद्ध ३-१ को जित निकाल्दै गोल अन्तरको आधारमा अघिल्लो चरणको यात्रा गर्न सफल भएको हो । 


यस्तै  समूह बि बाट मात्र १ गोल खाएको बेल्जियम ले पनि शत प्रतिसत जित निकाल्ने क्रममा रुसलाई ३-० , डेनमार्कलाई २(१ तथा फिनल्यान्डलाई २-० ले हराएको थियो । आफ्नो मध्यक्रमका उत्कृष्ट खेलाडी क्रिस्चियन एरिकसनलाई पहिलो  खेलमा नै  बेहोस भै अस्पताल भर्ना गराएको डेनमार्क ले फिनल्यान्डसँग १-० को हार बेहोरेको थियो भने रुस विरुद्ध ४-१ को जित निकाल्दै दोस्रो चरणको यात्रातय गरेको हो ।


यसैगरी समूह सि मा पहिलो भएको नेदरल्यान्डस्ले पनि सबै खेल जित्ने क्रममा युक्रेन विरुद्ध ३-२ , अष्ट्रिया विरुद्ध २-० तथा नर्थ मेसोडोनिया विरुद्ध ३-० को नतिजा आफ्नो पक्षमा राखेको थियो । उता  नेदरल्यान्डस्सँग हारेर  दोस्रो स्थानमा रहेको  अष्ट्रियाले नर्थ मेसोडोनियालाई ३-१ ले हराएको थियो भने युक्रेनलाई १-० ले हराएर उत्कृष्ट १६ मा स्थान बनाएको हो । यसैगरि समुहमा नर्थ मेसोडोनियालाई २-१ ले हराउन सफल युक्रेन पनि समूह तेस्रोहरु मध्ये उत्कृष्ट ४ मा पर्न सफल भई नकआउट चरणमा पुगेको छ । 


समूह डि मा एक गोल पनि नखाएको इङ्गलेण्डले दुई जित र एक खेलमा ड्र को नतिजा निकाल्दै ७ अंक लिएर समूह प्रथमको रुपमा अघिल्लो चरणको यात्राको बाटो खोलेको हो ।यसक्रममा उसले चेक गणतन्त्र र क्रोएसियालाई समान १-० ले जितेको थियो भने स्कटल्याण्डसँग ०-० को बराबरी खेलेको थियो ।यसैगरी समुहमा समान रुपमा एक र एक खेलमा हार , जित र बराबरी को नतिजा निकालेको क्रोएसिया दोस्रो रहदै राउन्ड अफ ज्ञट मा पुगेको हो । उसले समुहमा चेक सँग १(१ को बराबरी तथा स्कटल्याण्डलाई ३-१ ले हराएको थियो भने समान नतिजा निकालेको चेक पनि समुहमा तेस्रो रहदै अघिल्लो चरणमा पुग्न सफल भएको हो । उसले समुहमा स्कटल्याण्डलाई २-० ले हराएको थियो ।


यसैगरी समूह ई बाट स्विडेन र स्पेन क्रमस पहिलो र दोस्रो स्थानमा रहदै नक आउट चरणमा आएका हुन। यसक्रममा स्विडेनले समुहमा स्पेनसँग ०-० को बराबरी तथा स्लोभाकिया र पोलेण्ड विरुद्ध क्रमस १-० र ३-२ को जित निकालेको थियो । उता स्पेनले  पोलेण्डसँग १(१ को बराबरी तथा स्लोभाकिया विरुद्ध ५-० को नतिजा निकाल्दै समुहमा दोस्रो हुन सफल भएको हो ।


यता ग्रुप अफ डेथ मानिएको समूह एफ का खेलहरु हेर्न लायक  र अति नै प्रतिस्पर्धात्मक भएका थिए । यश समुहबाट एक एक खेल जितेका फ्रान्स , जर्मनी र पोर्चुगल  क्रमस पहिलो , दोस्रो र तेस्रो हुदै  नकआउट चरणमा प्रवेश गरेका हुन । आत्मघाति एक गोल उपहार पाएर १-० ले जर्मनी विरुद्ध जित निकालेको फ्रान्सले आफ्ना बाकी दुई खेल बराबरी खेलेको हो । उसले हंगेरी र पोर्चुगलसँग क्रमशः १-१ र २-२ को नतिजा निकालेको थियो भने जर्मनीले पोरचुगललाई ४-२ ले जित्दा हंगेरीसँग २-२ को बराबरी खेलेको थियो । यसैगरी समुहमा जर्मनी सँग समान ४ अंक जोडेको सर्वाधिक गोलकर्ता रोनाल्डोको  टिम पोर्चुगल हेड टु हेडका आधारमा तेस्रो रहदै नक आउट चरणमा प्रवेश गर्न सफल भएको थियो । 


समूह चरणमा जम्मा ३६ वटा खेलहरु भएका थिए जस्मा ९४ गोल भएका छन् । यस अन्तर्गत स्विडेनले सबैभन्दा धेरै ८ गोल आफ्नो पक्षमा गर्दा इटली , बेल्जियम  र पा्र्चुगलले समान ७/७ गोल गर्न सफल भएका छन् । त्यस्तै जर्मनी र स्पेनले आफ्नो पक्षमा ६/६ गोल गर्दा , डेनमार्कले ५ र अष्ट्रिया, स्विडेन, युक्रेन, क्रोएसिया, फ्रान्स, पोलेण्ड र  स्विजरलेण्डले समान ४/४ गोल गरेका थिए भने वेल्स , हंगेरी र चेकले ३/३ गोल आफ्नो पक्षमा गरेका हुन्। यसैगरी २/२ गोल गर्ने राष्ट्रहरुमा रुस, इङ्गलेण्ड, स्लोभाकिया र नर्थ मेसोडोनिया हुन भने बाकि स्कटल्याण्ड , टर्कि र फिनल्यान्डले जम्मा १/१ गोल मात्र आफ्नो पक्षमा गरेका थिए । यस्तै सर्वाधिक गोल गर्ने खेलाडिमा अहिलेसम्म पोर्चुगलका क्रिस्चियानो रोनाल्डो व्याक्तिगत ५ गोलका साथ अग्रपंक्तिमा छन भने उनलाई पछ्याउने क्रममा चेक का पेट्रिक सिक, स्विडेनका फर्सवर्ग, बेल्जियमको रोमियो लुकाकु, नेदरल्यान्डस्का जोर्जिनियो र  पोलेण्डका लेवोनेस्कि समान ३/३ गोलको साथमा रहेकाछन् । लेवोनेस्कि बाहेक अरु सबैलाई नकआउट चरणमा गोल गरेर रोनाल्डो भन्दा अघि बढ्ने मौका जिवितै छ भने पोलेण्ड नकआउट चरणमा नपुगेकाले उनलाई यो मौका छैन ।


यस्तै समूह चरण खेलहरु सकिइरहदा जम्मा ९७ वटा पहेलो कार्ड खेल अवधिमा रेफ्रिले देखाएका थिए भने जम्मा २ वटा मात्र रेड कार्ड प्रयोग भएको थियो । पोलेण्ड र वेल्स का १/१ जना खेलाडीले रेड कार्ड पाएका थिए भने सर्वाधिक पहेलो कार्ड (८/८ वटा) पोलेण्ड र नर्थ मेसोडोनियाका  खेलाडिहरुलाई देखाइएको थियो । 


यसरी विविधता र रोमान्चकताले भरिएका समूह चरणका खेलहरु पछि नकआउट चरण अझ उत्कृष्ट रहने आशा खेलप्रमिहरुले राखेका छन । यसैक्रममा आज राति ९:४५ मा समूह ए को दोस्रो टिम वेल्सको भिडन्त समूह बि मा दोस्रो भएको टिम डेनमार्क सँग हुदैछ भने राति १२:४५ मा समूह ए को प्रथम इटलीले समूह सि को दोस्रो अष्ट्रियाको सामना गर्ने छ । वेल्स र डेनमार्क जित निकाल्दै क्वाटरफाईनल जानेगरी खेल्नेछन भने समुहमा अपराजित इटलीले आफ्नो सो लयलाई कायमै राख्दै क्वाटरफाईनल जान चाहन्छ । त्यस्तै अष्ट्रिया पनि इटलीलाई स्तब्ध बनाउदै ईतिहास रच्ने दाउमा हुनेछ ।  हेरौ आज रातिका  खेलहरुमा कस्कस्ले बाजि मार्दै क्वाटरफाईनलको यात्रा तर्फ लाग्नेछन र कसकसले स्वेदेश फिर्तिको यात्रा तय गर्नेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *