• Thu. May 23rd, 2024

मेलमिलापकर्ताहरूका लागि क्षमता अभिवृद्धि तालिम

BySaptahik Samachar

१६ बैशाख २०८१, आईतवार १६:२६ १६ बैशाख २०८१, आईतवार १६:२६ १६ बैशाख २०८१, आईतवार १६:२६

भद्रपुर १६ वैशाख / झापाको भद्रपुरमा मेलमिलापकर्ताहरूका लागि क्षमता अभिवृद्धि सम्वन्धी छ दिने प्रशिक्षण शुरू भएको छ। भद्रपुर नगरपालिकाको न्यायिक समितिको आयोजनामा भद्रपुरको १० नम्बर वडा कार्यालयको सभा हलमा आजबाट प्रशिक्षण शुरू भएको हो।

नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य र न्यायिक समितिकी संयोजक तथा नगरपालिकाका उपप्रमुख राधा कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा भद्रपुरका १० वटै वडाका मेलमिलाप समितिका संयोजक तथा सदस्य र वडा सचिवहरूको सहभागिता रहेको छ।
प्रशिक्षणको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख पोखरेल तथा वडाध्यक्षद्वय टेकबहादुर खड्का-काजी र अभिषेक ढुङ्गाना, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले शुभकामना मन्तव्य र भद्रपुर नगरपालिकाको न्यायिक समिति सदस्य मन्जु दाहाल पोखरेलले कार्यक्रमको औचित्य माथि प्रकाश पार्नुभएको थियो।

भद्रपुर नगरपालिकाका कानुनी सल्लाहकार अधिवक्ता दीपेन्द्र भट्टराईले प्रशिक्षण प्रदान गर्ने कार्यक्रमको उद्घाटनका अवसरमा न्यायिक समिति सदस्य पूर्णमाया सुव्वाले स्वागत मन्तव्य र न्यायिक शाखाका अधिकृत राजेन्द्र ढकालले सहजीकरण तथा कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

One thought on “मेलमिलापकर्ताहरूका लागि क्षमता अभिवृद्धि तालिम”

Leave a Reply

Your email address will not be published. Required fields are marked *