• Wed. Feb 28th, 2024

मेची रङ्गशाला भद्रपुरमा झापा लिग सुरू, उद्घाटन खेलमा हल्दिबारी र विर्तामोडले बराबरी खेले

BySaptahik Samachar

७ मंसिर २०८०, बिहीबार २०:५३ ७ मंसिर २०८०, बिहीबार २०:५३ ७ मंसिर २०८०, बिहीबार २०:५३

भद्रपुर, ७ कात्तिक / भद्रपुरमा आजबाट सुरु प्रथम ओमसाई पाथिभरा हस्पिटल झापा जिल्ला अन्तरपालिका लिग कम नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेल बराबरीमा सकिएको छ।
भद्रपुर झापा गोल्डकपको आयोजनामा मेची रङ्गशालामा भएको आजको उद्घाटन खेलमा हल्दिबारी र विर्तामोडले २ /२ गोल गर्दै अङ्क बाँडेका छन्।
युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा जिल्लाका १४ पालिका र आयोजक भद्रपुर ब्लेजर्स टीम सहभागी छन्।

प्रत्येक समूहका विजेता र उपविजेता आठ वटा टिम नकआउट चरणमा प्रवेश गर्नेछन् । नकआउट चरणका खेल क्वार्टर फाइनलबाट सुरु हुनेछ । क्वार्टर फाइनलका खेल मङ्सिर १९ र २० गते हुनेछ । सेमिफाइनलका खेल मङ्सिर २२ गते हुनेछ ।
गत वर्ष फागुनमा भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय नकआउट फुटबल प्रतियोगिता सम्पन्न गरेको भद्रपुर झापा गोल्डकपले यस वर्ष पालिकास्तरीय प्रतियोगिता आयोजना गरेको हो । खेल १८ दिनसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताको उद्घाटन नेपाली काँग्रेसका नेता तथा पूर्वउपप्रधान तथा गृहमन्त्री कृष्णप्रसाद सिटौलाले गर्नुभएको थियो भने अध्यक्षता भद्रपुर झापा गोल्ड कप फुटबल प्रतियोगिताका अध्यक्ष दिपेश ढकालले गर्नुभएको थियो।

प्रतियोगिताको विजेताले नगद रु. तीन लाख, ट्रफी, पदक र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद रु. दुई लाख, ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद रु. दुई हजार पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद रु.१० हजार, ट्रफी र पदक पाउनेछन् ।
त्यस्तै, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड र उत्कृष्ट प्रशिक्षकले नगद रु. पाँच हजार, ट्रफी र पदक प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्न रु ८० लाख खर्चको अनुमान गरिएको महासचिव जीवनकुमार श्रेष्ठले बताउनुभयो ।
प्रतियोगिता अन्तरगत भोलिको खेल भद्रपुर ब्लेजर्स र कन्काई नगरपालिका तथा कचनकवल र बारदशी वीच हुनेछ।

13 thoughts on “मेची रङ्गशाला भद्रपुरमा झापा लिग सुरू, उद्घाटन खेलमा हल्दिबारी र विर्तामोडले बराबरी खेले”

Leave a Reply

Your email address will not be published. Required fields are marked *