लामो समयदेखि क्यासिनो व्यवस्थापन गर्दै आएका धितालले भेगास रिक्रेप्सन प्रालिमार्फत सञ्चालनमा ल्याएको क्यासिनोको मंगलबार सफ्टलन्च गरिएको छ । सोमबार क्यासिनोको लाइसेन्स पाएसँगै मंगलबारबाट सञ्चालनमा ल्याएको हो । सो क्यासिनोको व्यवस्थापन भारतीय क्यासिनो कम्पनी विग ड्याडिले गरेको हो ।
विशेष गरेर भारतीय पर्यटकहरूलाई लक्षित गरी सञ्चालनमा ल्याइएको सो क्यासिनोमा एकै पटक दुईदेखि तीन हजार जनासम्मले खेल्न सक्नेछन् । २५ करोड चुक्ता पुँजी रहेको सो क्यासिनो सञ्चालनका लागि होटलले भने करिब १ अर्ब रुपैयाँ लगानी गरेको छ ।
उनीसँग २० वर्ष लामो अनुभव छ । एभरेष्ट, याक एन्ड यती होटलमा रहेको क्यासिनो व्यवस्थापन गरेका धितालले आफ्नै लगानीमा नयाँ क्यासिनो सञ्चालनमा ल्याएका हुन् । होटल रहेको स्थानबाट भारतको बागडोग्रा अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र १२ किलोमिटरको दूरीमा रहेको छ । सो विमानस्थल हुँदै बढी मात्रामा भारतीय र बंगलादेशी नागरिकहरू नेपाल आउने गरेका छन् र तीनै पर्यटकहरूलाई लक्षित गरी क्यासिनो सञ्चालनमा ल्याइएको जनाएको छ ।
८ बिघा क्षेत्रफलमा फैलिएको होटल मेचीक्राउन होटलमा ५ वटा स्विट, १० वटा भिल्ला, २० वटा क्लब र ७० वटा डिलक्स गरी १ सय ५ वटा कोठा छन् । दुईवटा रेष्टुराँ रहेको छ । ब्याङ्वेट हलसहित हेलिप्याडको सुविधासमेत रहेको छ ।
पर्यटन व्यवसायी पवित्रकुमार कार्की, व्यवसायी बलराम सापकोटा सहितको समूहले सञ्चालनमा ल्याएको सो होटलको २०७७ वैशाखमा उद्घाटन गरिएको थियो ।साभारःक्यापिटल नेपालबाट
Gizlilik, temizlik, iletişim… Her şey dört dörtlüktü. Özellikle Çankaya escort profilleri çok zarif ve dikkat çekiciydi.
Aradığım her şeyi bu sitede buldum. Hem görsel kalite hem iletişim açısından çok başarılılar. Ankara escort arayanlara öneririm.
Ankara’da güvenle tercih edilebilecek ender platformlardan biri. Özellikle Çankaya Escort bölümü kusursuz.