• Fri. Oct 25th, 2024

मालपोत र नापीमा मन्त्रीको अनुगमन : कर्मचारीले होइन, बिचौलियाले पल्टाएको भेटियो ‘ढडा’

Bysaptahiksamachar

७ फाल्गुन २०७७, शुक्रबार १८:०१ ७ फाल्गुन २०७७, शुक्रबार १८:०१ ७ फाल्गुन २०७७, शुक्रबार १८:०१

मालपोत कार्यालय र नापी कार्यालय मोरङमा सेवा प्रवाह प्रभावकारी नभएको र व्यापाक भ्रष्टचार बढेको जनगुनासो आएपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले छड्के अनुगमन गरेकी छिन् ।

शुक्रबार दिउँसो विराटनगरको मालपोत र नापी कार्यालयमा मन्त्री तुम्बाहाङफेले अनुगमन गरेकी हुन् । 

अनुगमनका क्रममा कार्यालय अस्तव्यस्त रहनुका साथै मालपोत कार्यालय विराटनगरमा बिचौलियाहरूको बिगबिगी रहेको, बिचौलियाहरूनै कार्यालय भित्र छिरेर कर्मचारी सरह काम गरिरहेको पाइयो ।

कार्यालय भित्रको दोस्रो तलामा ‘मठ’ फाट रहेको छ । मठ फाटमा कर्मचारी होइन जहाँ बिचौलियाले ‘ढडा’ पल्टाएर धमाधम काम गर्दै आएको मन्त्री तुम्बाहाङ्फेली भेटिन् । ‘मठ फाटको सेवाग्राहीको लाइनमा बसेर ढडा पल्टाउँदै बसेका एक जनालाई मन्त्री तुम्बाङफेले सोधिन । तपाइ को हो ? ।

त्यसपछि ती बिचौलियाले जवाफ दिए, ‘म सेवाग्राही । पछि केरकार गर्दै गएपछि आफु लेखापढी व्यवसायी भएको जानकारी गराए ।’ मन्त्री तुम्बाहाङफे र मालपोत अधिकृत नरेन्द्र पौडेलले ती बिचौलियालाई सचेत गराएर छोडिदिए ।

ती बिचौलियाले पनि आफुबाट गल्ती भएको स्वीकार गरेका थिए । यो त भयो संयोगबस मन्त्रीले अनुगमन गर्दा भेटेको प्रतिनिधि मुलक घटना हो । 

मालपोतमा अनेक किसिमका अवैध काम हुने गरेका छन् । अत्यावश्यक सेवा दिने यो कार्यालय भ्रष्टाचारको ‘अडा’ बनेको छ । मालपोतमा सर्वसाधारण जनताको पँहुच छैन ।

बिचौलियाबिना काम गर्न सकिन्न । सेवाग्राही कार्यालयमा पस्दानपस्दै तिनको चंगुलमा पर्छन् । बिचौलियामार्फत घुस दिएर मात्रै सार्वसाधारणले सेवा पाउँने गरेको सर्वसाधरण बताउँछन् ।

तत्कालिन भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्याकुमारी अर्यालले भदौ १ बाट देशभरका मालपोतमा बिचौलिया प्रवेश नदिने सर्कुलर गरेकी थिइन् । तर, त्यो सफल हुन सकेको छैन ।

माफिया र कर्मचारीको मिलोमतोमा सरकारी जग्गा व्यक्तिको नाममा बनाउने, अर्काको जग्गा किर्ते गरी नक्कली जग्गाधनी खडा गर्ने, मनपरी कित्ताकाट गर्ने, मठ,मन्दिर, विद्यालय, वनजंगलको जग्गा व्यक्तिको नाममा सार्नेलगायतका अनियमितता भएका छन् ।

गुठी जग्गा रैकरमा परिणत गरी हिनामिना गरिएका थुप्रै घटना सार्वजनिक भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही अघि सार्वजनिक गरेको प्रतिवेदनअनुसार सबैभन्दा भ्रष्ट सरकारी कार्यालय हो मालपोत । मालपोत र नापीमा हुने काममा ६५.५ प्रतिशत भ्रष्टाचार हुने गरेको प्रतिवेदन अख्तियारले गरेको थियो । 

मालपोत र नापी कार्यालयका सबै शाखाहरूमा अनुगमन गरिसकेपछि कर्मचारीहरूलाई गुनासो आउन नदिन जिम्मेवारीपूर्ण कार्य गर्न उनले निर्देशन दिइन् । उनले सार्वजनिक सेवा प्रवाह नभएको बताउँदै ईमान्दारिता पूर्वक कार्य गर्न निर्देशन दिइन् ।

‘जनतालाई दिइने सेवा प्रभाव चाँडो र चुस्त सेवा दिनुपर्नेछ,’ उनले भनिन्, ‘नीति नियम अनुसार काम गर्न निर्देशन दिएको छु । कुनै पनि लेखनदासलाई कार्यालय भित्र ढडा लिएको देखियो । यो गलत हो । यस्तो गलत क्रियाकलाप बन्द गर्न सम्बन्धित कार्यालयमा बन्द गर्न निर्देश दिएको छु ।’

साभार : blastkhabar.com

Related Post

भद्रपुर रनको आय व्यय सार्वजनिक, लगभग दुई लाख बचत
झापाको भद्रपुरमा आदिवासी राष्ट्रिय उत्थान प्रतिष्ठानद्वारा प्रकाशित तथा आदिवासी राजवंशी समुदायका विद्वान अग्रज व्यक्तित्वहरू टेकनारायण राजवंशी लगायत रणकुमार राजवंशी, पानीलाल राजवंशी, लखनलाल राजवंशी, दलसिंह राजवंशी,पवन राजवंशी ,पामर राजवंशी र कमलप्रसाद राजवंशीले लेखेको पुस्तक र ‘ कोच राजवंशी जातिको चिनारी ‘ र पानीलाल राजवंशीद्वारा सङ्कलित र सम्पादित पुस्तक ‘ राजवंशी नेपाली शब्द संग्रह’को कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका भौतिक पूर्वाधार विकास राज्य मन्त्री भूमिप्रसाद राजवंशीबाट विमोचन र लेखक-सम्पादकलाई सम्मान। रासविस.का झापा अध्यक्ष उत्तमकुमार राजवंशीको अध्यक्षतामा शनिवार भएको विमोचन तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि राज्य मन्त्री राजवंशी, प्रदेश सांसद निमसरी राजवंशी, भद्रपुर नगर पालिकाका नगरप्रमुख गणेश पाेखरेल, रासविस.का केन्द्रीय अध्यक्ष सुमन्तकुमार राजवंशी,आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानका सदस्य सचिव कमल राजवंशी,वडा अध्यक्ष रतिया राजवंशी, पुनम राजवंशी,राजवंशी युवा मञ्च भद्रपुरका नगर अध्यक्ष अजय राजवंशी तथा पुस्तकका लेखक र सम्पादकले पनि मन्तव्य राखेका थिए।रासविस.झापाका उपाध्यक्ष जीतलाल राजवंशीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सोहनलाल राजवंशीले गर्नुभएको थियो ।
यस बर्षको छैठ पूजा भव्यताका साथ सम्पन्न गर्न भद्रपुरबासी ऐक्यबद्ध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed