• Sat. Jul 27th, 2024

मानव धर्म सेवा समितिद्वारा सम्मान

BySaptahik Samachar

८ बैशाख २०७९, बिहीबार १५:४७ ८ बैशाख २०७९, बिहीबार १५:४७ ८ बैशाख २०७९, बिहीबार १५:४७

भद्रपुर ८,वैशाख / नेपाल मानव धर्म सेवा समिति चन्द्रगढी शाखाले सम्मान कार्यक्रम सम्पन्न गरेको छ। चन्द्रगढी – ७ को शाखा भवनमा संस्थाकी अध्यक्ष सुनिता पोख्रेलको सभापतित्व र मानव धर्म सेवा समिति धुलावारीकी प्रमुख सुवर्ण वाइजीको प्रमुख आतिथ्यमा आज भएको कार्यक्रममा जनप्रतिनिधि एवं समाजसेवीहरूलाई सम्मान गरिएको हो।
सम्मानित हुनेहरूमा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रमाया श्रेष्ठ, ७ न.वडा अध्यक्ष विनोदप्रसाद पोखरेल तथा सोही वडाका सदस्यहरू पोषराज पौडेल, फुलसिंह राजवंशी र विभा पासवान, कार्यपालिका सदस्य मित्रा भट्टराई, संचारकर्मी तथा भद्रपुर रेडक्रसका सभापति गोपाल गिरी, चन्द्रगढी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष पुरुषोत्तम अधिकारी र ७ न.वडा कार्यालयका कर्मचारी अरूण पोखरेल हुनुहुन्छ।
सम्मान कार्यक्रममा प्रमुख अतिथि सुवर्ण वाइजी, नगर प्रमुख तथा उपप्रमुख श्रेष्ठ र वडाध्यक्ष पोखरेलले मन्तव्य राख्नुभएको थियो। विरेन्द्र बस्नतले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य संस्थाकी कोषाध्यक्ष गोपी बस्नतले राख्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *