• Mon. Mar 9th, 2026

मानव धर्म सेवा समितिद्वारा सम्मान

BySaptahik Samachar

८ बैशाख २०७९, बिहीबार १५:४७ ८ बैशाख २०७९, बिहीबार १५:४७ ८ बैशाख २०७९, बिहीबार १५:४७

भद्रपुर ८,वैशाख / नेपाल मानव धर्म सेवा समिति चन्द्रगढी शाखाले सम्मान कार्यक्रम सम्पन्न गरेको छ। चन्द्रगढी – ७ को शाखा भवनमा संस्थाकी अध्यक्ष सुनिता पोख्रेलको सभापतित्व र मानव धर्म सेवा समिति धुलावारीकी प्रमुख सुवर्ण वाइजीको प्रमुख आतिथ्यमा आज भएको कार्यक्रममा जनप्रतिनिधि एवं समाजसेवीहरूलाई सम्मान गरिएको हो।
सम्मानित हुनेहरूमा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रमाया श्रेष्ठ, ७ न.वडा अध्यक्ष विनोदप्रसाद पोखरेल तथा सोही वडाका सदस्यहरू पोषराज पौडेल, फुलसिंह राजवंशी र विभा पासवान, कार्यपालिका सदस्य मित्रा भट्टराई, संचारकर्मी तथा भद्रपुर रेडक्रसका सभापति गोपाल गिरी, चन्द्रगढी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष पुरुषोत्तम अधिकारी र ७ न.वडा कार्यालयका कर्मचारी अरूण पोखरेल हुनुहुन्छ।
सम्मान कार्यक्रममा प्रमुख अतिथि सुवर्ण वाइजी, नगर प्रमुख तथा उपप्रमुख श्रेष्ठ र वडाध्यक्ष पोखरेलले मन्तव्य राख्नुभएको थियो। विरेन्द्र बस्नतले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य संस्थाकी कोषाध्यक्ष गोपी बस्नतले राख्नुभएको थियो।

125 thoughts on “मानव धर्म सेवा समितिद्वारा सम्मान”
  1. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

Leave a Reply

Your email address will not be published. Required fields are marked *