• Sat. Jul 27th, 2024

महेन्द्र गिरी राष्ट्रिय सहकारीको प्रदेश एक सञ्चालकमा सर्वसम्मत

BySaptahik Samachar

७ पुष २०७९, बिहीबार १६:१५ ७ पुष २०७९, बिहीबार १६:१५ ७ पुष २०७९, बिहीबार १६:१५

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको प्रदेश नं १ को संचालकमा महेन्द्र गिरी सर्वसम्मत हुनुभएको छ । प्रदेश नं १ बाट संचालकका लागि बुधबार गिरी र कृष्ण दाहालको उम्मेदवारी परेपनि विहिबार दाहालले उम्मेदवारी फिर्ता लिएपछि गिरी सर्वसम्मत निर्वाचित हुनुभएको हो।

यसअघि अध्यक्षमा केबी उप्रेती तथा गण्डकी प्रदेश संचालकमा राम बहादुर जिसी र मधेश प्रदेश संचालकमा विश्वनाथ मण्डलको मात्रै उमेदवारी परेपछि निर्विरोध भइसकेका छन् । यस्तै योग्यता नपुगेको भन्दै लेखा समिति संयोजक राजु पुरीको उम्मेदवारी खारेज भएपछि लक्ष्मीप्रसाद उप्रेती पनि निर्विरोध बनेका छन् । 

अब प्रदेश संचालकमध्ये बागमतीमा ५ जना र कर्णालीमा ३ जनाको उम्मेदवारी छ । महिलाका लागि छुट्याइएको लुम्बिनी र सुदुरपञ्चिम प्रदेश संचालकमा पनि ४ जनाको उमेदवारी रहेको छ । 

यसैगरी खुल्ला सदस्यमध्ये ४ जनाको लागि ३३ जनाको उम्मेदवारी परेकोमा युगेश पौडेलको खारेज भएसँगै ३२ जना बाँकी छन् । महिला खुल्ला ३ पदका लागि ७ जनाको उम्मेदवारी रहेकोमा विमला शाहाको पनि खारेज भएपछि ६ जना बाँकी रहेका छन् । यस्तै लेखा समिति सदस्यमा ५ जना र महिला सदस्यमा ३ जनाको उम्मेदवारी रहेको जनाइएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *