• Sat. Nov 8th, 2025

महिला हिंसा विरूध्दको अभियानःप्रसुति महिलालाई बर्को वितरण

BySaptahik Samachar

१६ मंसिर २०७९, शुक्रबार १९:४५ १६ मंसिर २०७९, शुक्रबार १९:४५ १६ मंसिर २०७९, शुक्रबार १९:४५

भद्रपुर १६ मङ्सिर / महिला हिंसा विरुध्दको १६ दिने अभियानका अवसरमा प्रसुति गृहका महिलाहरूलाई जाडोमा ओड्ने बर्को (मजेत्रो) वितरण गरिएको छ। भद्रपुर – ८ मा रहेर महिला र बालबालिकाको लागि निरन्तर क्रियाशील संस्था महिला बालबालिका तथा जागरण अभियानले शुक्रबार प्रादेशिक अस्पताल भद्रपुरमा प्रसुतिका लागि भर्ना भएका महिलाहरूलाई न्यानोका लागि मजेत्रो वितरण गरेको हो।


महिला हिंसा विरुध्दको अभियानमा सहभागी हुँदै संस्थाले अस्पतालका २० जना महिलालाई मजेत्रो वितरण गरेको संस्थाले जनाएको छ। भद्रपुरका २५ बढी संघ संस्थाले महिला हिंसा विरूध्दको १६ दिने अभियानमा सहकार्य गर्दै सचेतना लगायत थोरबहुत राहत पुगोस् भन्ने हेतुले विभिन्न स्थानमा आवश्यक सामग्री वितरण गरिरहेका छन् ।सोही क्रममा महिला हिंसा विरूध्दको अभियानमा सहकार्य गर्दै जागरण अभियानले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख गणेश पोखरेल, विशिष्ट अतिथि उपप्रमुख राधा कार्की,वडाध्यक्ष गौरव सुव्वा र अस्पतालका चिकित्सक डा. जय कुमार ठाकुर लगायतको सहभागितामा सामग्री वितरण गरिएको हो ।
महिला बालबालिका तथा जागरण अभियानकी बरिष्ट सदस्य आरती पन्तको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य सहित कार्यक्रमको औचित्य माथि शुष्मा दाहालले प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको सञ्चालन पार्वती ओझाले गर्नुभएको थियो।

12 thoughts on “महिला हिंसा विरूध्दको अभियानःप्रसुति महिलालाई बर्को वितरण”
  1. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

Leave a Reply

Your email address will not be published. Required fields are marked *