• Sat. Jul 27th, 2024

महालक्ष्मीको महिला सशक्तिकरण अभियान जारी, आज अन्तरक्रिया

BySaptahik Samachar

१३ माघ २०७९, शुक्रबार १७:५० १३ माघ २०७९, शुक्रबार १७:५० १३ माघ २०७९, शुक्रबार १७:५०

भद्रपुर /महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले महिला सशक्तिकरणमा महालक्ष्मी लाइफ – कार्यक्रम अन्तर्गत भद्रपुरमा आज (शुक्रबार) एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्कीको प्रमुख आतिथ्य र वडा नम्बर ९ कि सदस्य मञ्जु राउत खड्काको अध्यक्षतामा अन्तरक्रिया सम्पन्न भएको हो।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत इन्स्योरेन्स कम्पनीले सञ्चालन गरेको पहिलो चरणको एक महिने कार्यक्रम समापनसंगै प्रदेश एकका ५ ठाउँमा अन्तरक्रिया सुरू गरिएको इन्स्योरेन्स कम्पनीका चन्द्रगढी शाखा प्रमुख गीर्वाण भट्टराईले जानकारी दिनुभयो।
अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि कार्कीले शुभकामना मन्तव्य राख्नुभएको थियो भने इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई र प्रमुख बजार अधिकृत प्रशान्तराज धमलाले इन्स्योरेन्सले लिएका नीति, कार्यक्रम, सेवा र सुविधाका बारेमा विस्तृत जानकारी गराउनुभएको थियो।
इन्स्योरेन्स कम्पनीका क्षेत्रीय उपप्रमुख गुन्जन थापाले स्वागत सहित कार्यक्रमको औचित्य माथि प्रकाश पारेको कार्यक्रमको सन्चालन रमा गौतमले गर्नुभएको थियो।

समाजमा पिछडिएका र अवसर नपाएका महिलालाई तालिम दिने, स्वरोजगार बन्न प्रोत्साहित गर्ने र आय बृध्दि हुने काममा लगाउने उद्देश्यले इन्स्योरेन्स कम्पनीले झापा लगायत मुलुकका २१ जिल्लामा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिसकेको छ। यसबाट ७सय महिला लाभान्वित भएको कम्पनीले दाबी गरेको छ भने आगामी फागुन-चैतदेखि दोस्रो चरणको कार्यक्रम सञ्चालन गर्दै थप एक हजार महिलालाई स्वरोजगार बनाउने उसको लक्ष्य रहेको कार्यक्रममा जानकारी दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *