• Fri. Jul 11th, 2025

महाकालीमा भारतले बनाएको सुरक्षा पर्खालबारे दुबैदेशका नापी विभागले स्थलगत अध्ययन गर्ने

Bysaptahiksamachar

२३ चैत्र २०७७, सोमबार २२:३० २३ चैत्र २०७७, सोमबार २२:३० २३ चैत्र २०७७, सोमबार २२:३०

नेपाल-भारत सीमाको महाकाली नदीमा भारतले बनाउँदै गरेको सुरक्षा पर्खालबारे दुबै देशका नापी विभागले स्थलगत अध्ययन गर्ने भएका छन्।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले भारतले बनाउँदै गरेको सुरक्षा पर्खालले सीमा मिचे/ नमिचेबारे दुबै देशको नापी टोलीले स्थलगत अध्ययन गर्न लागेको जानकारी दिएका हुन्।

आगामी सोमबार अर्थात अप्रिल १२ मा दुबै देशका प्राविधिक टोलीले  स्थलगत अध्ययन गर्ने मन्त्री ज्ञवालीले जानकारी दिए।

नेपाल-भारत सीमामा भारतले एक पक्षीय रूपमा पर्खाल बनाएको विषयको विषयमा सोमबारको संसद बैठकमा प्रश्न उठेपछि त्यसको जवाफ दिँदै  मन्त्री ज्ञवालीले यस्तो बताएका हुन्।

पर्खाल बनाउँदा त्यसले दुई देशको सीमालाई मिचेको छ भन्ने प्रश्नहरू उठेपछि गत पुस २२ गते नापी विभागका प्रमुख नापी अधिकृतको नेतृत्वमा परराष्ट्र मन्त्रालय, नेपाली सेना, सशस्त्र प्रहरी बल र जिल्ला प्रशासन कार्यालय दार्चुलाको प्रतिनिधिले सीमामा गएको पर्खालबारे अध्ययन गरेको थियो।

उक्त टोलीले दिएको सुझावका आधारमा दुबै पक्षीय समन्वयमा नापजाँच गरी वास्तविकता पत्ता लगाउन उपयुक्त हुने निष्कर्ष निकालेको थियो। त्यसै सुझाव अनुरूप सरकारले भारतसँग पत्राचार गरेको मन्त्री ज्ञवालीले जानकारी दिए।

‘स्थलगत अध्ययन गरी एक्युरेट किसिमले दुबै पक्षीय समन्वयमा नापजाँच गरी वास्तविकता पत्ता लगाउन उपयुक्त हुने भन्ने दिइएको सुझाव अनुरूप हामीले भारतसँग गम्भीरता पूर्वक कुरा गर्‍यौं’, मन्त्री ज्ञवालीले भने, ‘विभिन्न पत्राचारपछि यही १२ अप्रिल अर्थात ठिक एक सातापछि नेपाल र भारत दुबै देशका नापी टोलीहरूले स्थलमा पुगेर स्थलगत अध्ययन गर्ने र त्यँहा पर्खाल ठिक ढंगले बनेको छ कि छैन अन्तराष्ट्रिय सीमाको त्यसले सहि ढंगले सम्मान गरेको छ कि छैन भन्ने अध्ययन गरिनेछ। मन्त्री ज्ञवालीले  यसबारेमा तथ्य प्रमाणहरू अगाडि सार्ने र पहिलेदेखिनै आफूहरूले भन्दै आएको आफ्नो अन्तर्राष्ट्रिय सीमा सुरक्षा तदकरूकताका साथ बनाउने स्पष्ट पारे।

साभार : setopati

19 thoughts on “महाकालीमा भारतले बनाएको सुरक्षा पर्खालबारे दुबैदेशका नापी विभागले स्थलगत अध्ययन गर्ने”
  1. ¡Saludos, estrategas del riesgo !
    GuГ­a paso a paso para casino online extranjero – п»їhttps://casinoextranjerosenespana.es/ п»їcasinos online extranjeros
    ¡Que disfrutes de jackpots impresionantes!

  2. В этом интересном тексте собраны обширные сведения, которые помогут вам понять различные аспекты обсуждаемой темы. Мы разбираем детали и факты, делая акцент на важности каждого элемента. Не упустите возможность расширить свои знания и взглянуть на мир по-новому!
    Исследовать вопрос подробнее – https://nakroklinikatest.ru/

  3. ¡Hola, amantes del ocio y la emoción !
    Casino online sin licencia EspaГ±a con ruleta europea – п»їhttps://casinosinlicenciaespana.xyz/ casino sin licencia espaГ±a
    ¡Que vivas increíbles jackpots impresionantes!

  4. ¡Bienvenidos, descubridores de riquezas ocultas !
    Casinos no regulados que aceptan PayPal – п»їmejores-casinosespana.es casino sin licencia espaГ±ola
    ¡Que experimentes maravillosas triunfos legendarios !

Leave a Reply

Your email address will not be published. Required fields are marked *