sdr साप्ताहिक समाचारदाता – – – – – – भद्रपुर २९ माघ/प्रदेश एकका भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री ओमप्रकाश सरावगीलाई भद्रपुरमा स्थानीय संघ संस्थाले स्वागत तथा सम्मान गरेका छन्। झापा उद्योग संघको सभा हलमा शनिबार सम्पन्न सो कार्यक्रममा नवनियुक्त प्रदेश मन्त्री सरावगीलाई संयुक्त रुपमा स्वागत सम्मान गरिएको हो। सरावगी नेपाली काँग्रेसका तर्फबाट केही दिन अघि मात्रै मन्त्री नियुक्त हुनुभएको हो। लामो राजनीतिक जीवन व्यतीत गर्नुभएका नवनियुक्त मन्त्री सरावगीलाई झापा उद्योग संघ,नेपाल भारत मैत्री संघ, लायन्स क्लब अफ भद्रपुर, नेपाल चिया उत्पादक संघ र भद्रपुर जेसीजले संयुक्त रुपमा स्वागत-सम्मान गरेका हुन्। मन्त्री सरावगी ती सवै संघ संस्थामा विभिन्न कालखण्डमा सक्रिय सहभागी हुनुहुन्थ्यो। झापा उद्योग संघका अध्यक्ष यमवहादुर श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा नेपाल उद्योग बाणिज्य संघका प्रदेश एक अध्यक्ष टीकाराज ढकाल,भारत नेपाल मैत्री संघका प्रतिनिधि शेखरचन्द्र अग्रवाल र गलगलिया भातगाँवका पूर्व मुखिया गणेश रायले मन्त्री सरावगीको कार्यकाल सफलताको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। स्वागत सम्मान ग्रहण गर्दै मन्त्री सरावगीले जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी नराख्ने बताउनुभएको थियो। कार्यक्रममा स्वागत मन्तव्य नेपाल भारत मैत्री संघका झापा अध्यक्ष प्रदीपमणि रेग्मीले र धन्यवाद ज्ञापन भद्रपुर जेसीजका अध्यक्ष मनोज भट्टराईले गर्नुभएको कार्यक्रमको सञ्चालन लायन्स क्लब अफ भद्रपुरका अध्यक्ष योगेन्द्र पौडेलले गर्नुभएको थियो।मन्त्री सरावगीलाई पाँच वटै संस्थाद्वारा तयार पारिएको संयुक्त सम्मान – पत्र नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेशकुमार अग्रवाल’मित्तल’ले बाचन गर्नुभएको थियो। सोही कार्यक्रममा राजवंशी समाज विकास समितिका भद्रपुर अध्यक्ष उत्तम राजवंशीले मन्त्री सरावगीलाई सम्मान-पत्र सहित दोसल्ला ओढाएर सम्मान गर्नुभयो भने उपस्थित जनसमुदायले फूल माला र खादा अर्पण गरेर स्वागत सम्मान गरेका थिए। rbt Post Views: 308 Post navigation मगमग चाउचाउ उद्योगमा भीषण आगलागी ठोस नीतिको अभावमा चिया प्रवर्द्धनमा समस्या