• Sat. Jul 27th, 2024

भोजपुरकी राईलाई राष्ट्रिय कविता महोत्सवमा प्रथम पुरस्कार

BySaptahik Samachar

९ असार २०७८, बुधबार २०:१४ ९ असार २०७८, बुधबार २०:१४ ९ असार २०७८, बुधबार २०:१४

राष्ट्रिय कविता महोत्सव २०७८ मा भोजपुरकी कविता राई (देशको नक्शा)  प्रथम हुनु भएको छ।

नेपाल प्रज्ञा –प्रतिष्ठानद्वारा आयोजित महोत्सवमा धादिङकी अमृता स्मृति द्वितीय (डढेलोपछि पनि वसन्त आउँछ) तथा बर्दियाकी निरञ्जनाकुमारी चन्द (युगीन प्रतिध्वनि), ताप्लेजुङकी सविता बराल (आमा म आएँ अब) र नुवाकोटका प्रकाश सिलवाल (बोधिसत्वको खोप) तृतीय हुनुभएको छ। 

प्रतियोगितामा प्रथम हुनेलाई रु ५० हजार, द्वितीयलाई रु ४० हजार र तृतीयलाई रु ३०– ३० हजार र सम्मानपत्रले पुरस्कृत गरिने छ । कार्यक्रमको प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उद्घाटन गर्दै प्रज्ञा–प्रतिष्ठानको ६४औँ वार्षिकोत्सव तथा कविता महोत्सवको दिन नेपालको वाङ्मय क्षेत्रको विशिष्ट दिन भएको बताउनु भयो । 

कार्यक्रम संयोजक तथा प्राज्ञ परिषद् सदस्य प्रा. डा. हेमनाथ पौडेल र प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले पनि कार्यक्रम वारे मन्तव्य राख्नुभएको थियो।

प्रतिष्ठानका  प्राज्ञसभा सदस्य तथा सञ्चार संयोजक शशी लुमुम्बुका अनुसार  महोत्सवमा  ७६४  जनाले सहभागिता जनाएकोमा अन्तिम प्रतियोगिताका लागि  ४१  कविता छनोट गरिएको तथा विदेशका आठ र देशका २० जिल्लाबाट प्रतियोगितामा सहभागिता जनाइएको जानकारी दिनुभयो । 

वार्षिकोत्सवका अवसरमा प्रज्ञा–प्रतिष्ठानका १५ कर्मचारीलाई जनही रु ३० हजारसहित दीर्घसेवा पदकबाट सम्मानित गरियो। सम्मानित हुनेमा राजेन्द्रकुमार शाही ठकुरी, उत्तमराज उपाध्याय, राजकुमार श्रेष्ठ, शिवकुमार चापागाईँ, विजयमानसिंह प्रधान, कर्णबहादुर कुमाल, बुद्धि तिमिल्सिना, राधा कार्की, पूर्णबहादुर श्रेष्ठ, रामकुमार बोहोरा, नानु सुवेदी, भगवती  लामिछाने, मैयाँ महर्जन, नारायणप्रसाद अधिकारी र जमुना कुचीकार हुनुहुन्छ ।  

ad
ad
ad

17 thoughts on “भोजपुरकी राईलाई राष्ट्रिय कविता महोत्सवमा प्रथम पुरस्कार”
  1. You’re so awesome! I don’t believe I have read a single thing like that before. So great to find someone with some original thoughts on this topic. Really.. thank you for starting this up. This website is something that is needed on the internet, someone with a little originality!

  2. I’m often to blogging and i really appreciate your content. The article has actually peaks my interest. I’m going to bookmark your web site and maintain checking for brand spanking new information.

  3. You’re so awesome! I don’t believe I have read a single thing like that before. So great to find someone with some original thoughts on this topic. Really.. thank you for starting this up. This website is something that is needed on the internet, someone with a little originality!

  4. naturally like your web site however you need to take a look at the spelling on several of your posts. A number of them are rife with spelling problems and I find it very bothersome to tell the truth on the other hand I will surely come again again.

Leave a Reply

Your email address will not be published. Required fields are marked *