• Sat. Jul 27th, 2024

भुक्तभोगीको पीडा, हेल्लो टेलिकम:एडिएसएल र चाइनिज सामान उस्तै हो?

BySaptahik Samachar

३१ असार २०७८, बिहीबार १८:४३ ३१ असार २०७८, बिहीबार १८:४३ ३१ असार २०७८, बिहीबार १८:४३

— गोपाल गिरी, भद्रपुर

यो सामान लानुस्, जति दिन चल्छ- चलाउनुस् नचले फेरि अर्को लैजानु। यो भनेको चाइनिज सामान खरिद बिक्रीमा व्यापारीले ग्राहकसँग गरेको डिल हो। भगवान भरोसे तालमा सामान खरिद गर्नुको विकल्प नभए पछि त्यही सामान ल्याउनुको विकल्प हुँदैन । कुनै – कुनै चाइनिज सामान त वर्षौँ चल्छ पनि। म कहाँ एउटा थर्मस छ, वीस वर्ष भन्दा बढी नै भो होला किनेको, अहिलेसम्म काम दिदैछ। तर, मैले यहाँ कुरा गर्न खोजेको विषय चाइनिज सामानको होइन- सरकारी स्वामित्वको टेलिकमको हो। अझै विशिष्टीकृत गर्ने हो भने – इन्टरनेट प्रदायक संस्था टेलिकमको एडिएसएल सेवाको हो। अरू अरूको एडिएसएल राम्ररी चल्छ रे त्यही मेरो २० औं वर्ष चलेको थर्मस जस्तो हो भने बेग्लै कुरो ? नत्र मेरो एडिएसएल राम्रो चलेको छ भनेर कसैले जानकारी दिनुभयो भने तपाईको मुखमा दुध र भात।
म भुक्तभोगीले भने निरन्तर दुःख पाएको छु। यसको समाधानका लागि लगातार टेलिकमसँग सम्पर्कमा छु। पैसा तिरे पछि सेवा दोहोरो हुनु पर्ने। सेवा पाउने मेरो अधिकार हुनुपर्ने। तर,अ हँ! सेवा पाउँ भनेर हार गुहार गर्दा पनि उनीहरूबाट पाउने सहयोग टाल टुल मात्र।
म ववुरोले! पैसा सकिए पो नेट नचलेको हो कि भनेर कार्यालयमा गएर बुझें। पैसा सकिएको छैन, डिपोजिट छ भन्ने जवाफ पाएपछि तत्काल कार्यालय प्रमुखलाई बिन्ति बिसाएँ। उहाँले सकारात्मक रूपमा लिएर अपडेट कि रिस्टल के गरिदिनु भो। त्यसवीचमा कम्प्लेन लेखाउनु पर्छ रे भन्ने थाहा भएकाले समस्या समाधान हुने आशमा टेलिफोन सम्पर्क गरेर भने बमोजिम नै समस्या दर्ज गराएँ।
अव कोही आउला र हेरिदेला भनेर पर्खेंको आज ४ दिन कट्यो तर, अ हँ कोही जिम्मेवार मान्छे आउँदैन त गाँठे। त्यस अघि कम्प्लेनको तेस्रो दिन मंगलवार त्यहाँका फिल्ड कर्मचारीलाई फोन गरियो। उनले एडिएसएल हेर्ने प्राविधिकलाई शिकायत गर्न भने। उनले भने बमोजिम त्यो पनि गरियो। चौथो दिन आज फेरि प्राविधिक मित्रहरूलाई फोन गरियो। गुनासो /समस्या सुनाइयो। एउटाले अर्कोलाई भन्नुस् भनेर थाप्लो हाला हाल गर्दा गर्दै उनीहरूले भने बमोजिम नै सवैलाई गुहारियो। बेलुकासम्म कसै कतैबाट समाधानको पहल भएन। हात लाग्यो शून्य। सरकारी स्वामित्वको टेलिकम अफिसको यो गैर जिम्मेवार व्यवहारको गुनासो मात्रै भन्ने कि समाधान गर्ने जिम्मेवारी कसैको छ, हुन्छ? या टेलिकमले प्रदान गर्ने सेवा र चाइनिज सामान उस्तै हो। हेल्लो टेलिकम, दैनिक फोन गर्नु र आश गर्नु मात्रै हो हामी ग्राहक अर्थात् उपभोक्ताको काम। कि भगवान भरोसे नै हो चलिन्जेल चल्छ नत्र..! यस्तै त हो ब्रो…!

Leave a Reply

Your email address will not be published. Required fields are marked *