• Sat. Jul 27th, 2024

भारतीय पूर्व सैनिकको साधारण सभा सम्पन्न

BySaptahik Samachar

५ चैत्र २०७८, शनिबार २०:१३ ५ चैत्र २०७८, शनिबार २०:१३ ५ चैत्र २०७८, शनिबार २०:१३

भद्रपुर ५,चैत्र /भद्रपुर क्षेत्रका भारतीय भूतपूर्व सैनिक तथा अर्ध सैनिक संघको तेस्रो वार्षिक साधारण सभा शनिबार भद्रपुरमा सम्पन्न भएको छ। भद्रपुर-७ स्थित किराँत कल्याण समितिको भवनमा अनरेरी सुवेदार नन्दकुमार लिम्बूको अध्यक्षता तथा संघका पूर्व अध्यक्ष कृष्ण लिम्बूको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको हो।
साधारणसभामा सचिव एन वी चोङवाङले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष इन्द्रबहादुर ईजमले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। साधारण सभामा भूतपूर्व सैनिकहरू निरवहादुर राई,अरूण लिम्बू,मौसम लिम्बू र स्व कुमार राईकी धर्मपत्नी इन्द्रकुमारी राईलाई सम्मान गरिएको थियो।
साधारणसभामा प्रमुख अतिथि लिम्बू,संघका जिल्ला उपाध्यक्ष पृथ्वीनारायण कार्की लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो। संघका उपाध्यक्ष टीकाराम गुरुङले स्वागत मन्तव्य राखेको साधारण सभाको सन्चालन सचिव चोङवाङले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *