सोही निर्णय बमोजिम नेपाल सरकारले विहीबारदेखि काँकरभिट्टा र भद्रपुर नाका एकतर्फी रुपमा खुलाएको हो ।
नाका खुला पछि छिमेकी मुलुक भारतसँग सीमा जोडिएको झापाको काँकरभिट्टा र भद्रपुर नाका पुरानै लयमा फर्किने आशा गरिएकोमा भारतीय पक्षसँग समन्वय नगरिंदा आवत जावत सहज हुन नसकेको हो।पानी ट्याङ्की नाकालाई भारत सरकारले खुला नगरे पनि विगत केही समयदेखि सो नाकाबाट खोप कार्ड देखाएर नेपाल आउन दिइरहेको छ ।तर, भद्रपुर – गलगलिया नाका कोरोना संक्रमण शुरू भएको लगभग १८ महिना भन्दा अघिदेखि पूर्णरूपमा बन्द छ।
लामो समय पछि नाका खोल्ने सरकारको निर्णयबाट खुसी भएका स्थानीयबासी सीमा नाकामा भारतीय पक्षबाट रोक लगाउँदा त्यतिकै दुःखी भएका छन्।
सीमा खोल्ने विषयमा भारतीय पक्षसँग समन्वय गरिनु पर्थ्यो। समन्वय नगरी एकपक्षीय रूपमा नाका खोल्ने निर्णय सरकारी तथा झापाको प्रशासनिक असावधानी हो – स्थानीय केहीले सामाजिक सञ्जालमा टिप्पणी गरेका छन्।
यसैवीच, भारतको पश्चिम बंगाल सरकारसँग आज (शुक्रबार) छलफल गरेर उताको नाका पनि खुलाउन पहल गरिने इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी सुनिलसिंह दाहालले बताउनुभएको छ ।नाका सहज अरू केही दिन पर्खिनुपर्ने भएको छ।