• Fri. Oct 25th, 2024

भागरथी हत्या प्रकरण : प्रदेश प्रहरी घटनास्थलमा

Bysaptahiksamachar

२६ माघ २०७७, सोमबार ००:०५ २६ माघ २०७७, सोमबार ००:०५ २६ माघ २०७७, सोमबार ००:०५ , ,

बैतडी ।बैतडीको दोगडकादार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्ट हत्याको घटनाको थप अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीको टोली घटनास्थलमा पुगेको छ ।

घटनालाई गम्भीरतापूर्वक लिइएकाले थप अनुसन्धानका लागि सुवेदी नेतृत्वको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । यसअघि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक जनकराज पाण्डे नेतृत्वको अनुसन्धान टोली घटनास्थल पुगेर अध्ययन गरिररहेको छ । यसका साथै घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरोका डिएसपी पञ्चकुमार बाँखुसहित प्राविधिक टिम परिचालन भएको छ ।

भागरथीको शव परीक्षणअघि नै भेजाइनल स्वाब सङ्कलन गरी प्रहरीलाई बुझाएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा वसन्तराज जोशीले बताउनुभयो । यसैगरी अन्य आवश्यक प्रमाण पनि सङ्कलन भएका बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीको भनाइ रहेको छ । घटनामा संलग्नलाई पत्ता लगाउन प्रहरी लागि परेको छ उहाँले भन्नुभयो, “घटनामा संलग्न आरोपी अहिलेसम्म पक्राउ परेका छैनन्, अनुसन्धानकै क्रममा छौँ ।”

किशोरीले प्रयोग गरिरहेको मोबाइल पनि घटनास्थलमै प्राप्त भएकाले मोबाइलबाट धेरै कुरा पत्ता लाग्ने प्रहरीको दाबी छ । मृतक किशोरी सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत रहेकी थिइन् ।

हत्याको विरोधमा बैतडीमा शैक्षिक हड्ताल गरिएको छ । विद्यालयबाट घर फर्किरहेको बेला बाटोमा विभत्स रुपमा हत्या भएको विरोधमा तीन दिन शैक्षिक हड्ताल गरिएको संघर्ष समितिका सदस्य भुवन कार्कीले जानकारी दिनुभयो ।
विद्यालय शान्ति क्षेत्र घोषणा गरिएको भए पनि शान्तिपूर्ण रुपमा पठनपाठनको वातावरण बन्न नसकेको शिक्षकहरु बताउँछन् ।

यही माघ २१ गते विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा बिहीबार घर नजिकै रहेको लवलेक जङ्गलमा हत्या गरेको अवस्थामा शव फेला परेको थियो । मृतक किशोरीको शनिबार माघ २४ गते शव परीक्षण सम्पन्न भए पनि रिपोर्ट आउन बाँकी छ ।

मृतकका आफन्तले जिल्ला अस्पतालमा रहेको किशोरीको शव बुझ्न मानेका छैनन् । घटनाको सत्यतथ्य छानविन गरी वास्तविक दोषीलाई गिरफ्तार गरी हदैसम्मको कारवाही गर्न माग गर्दै शव नबुझेको भागरथीका काका शिवराज भट्टले बताउनुभयो ।

जिल्लाका राजनीतिक दलले हत्यारालाई पत्ता लगाइ कानूनी दायरामा ल्याउन माग गरेका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) जिल्ला कमिटीले विज्ञप्ति जारी गर्दै सत्यतथ्य छानविन गर्न माग गरेको छ । जिल्ला अध्यक्ष सुरेन्द्र पालद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनालाई गम्भीर रुपमा लिएको जनाएको छ । नेकपाकै प्रचण्ड–माधव समूहले घटनाको निन्दा गरेको छ । सचिव प्रेमप्रकाश भट्ट आदित्यले एक विज्ञप्ति जारी गर्दै सरकारले यो घटना सत्यतथ्य रुपमा बाहिर ल्याउनुपर्ने माग गर्नुभएको हो ।

नेपाली कांग्रेसले घटना दिनै सम्वेदनशील रहेकाले यथाशीघ्र दोषी पत्ता लगाइ सार्वजनिक गर्न अपिल गरेको छ । जिल्ला सचिव प्रेम चन्दद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकारले यो घटनाप्रति गम्भीर हुनुपर्ने जनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष इन्द्रदेवशरण भट्टले विज्ञप्ति जारी गर्दै दोषी पत्ता लगाउन माग गर्नुभएको छ ।

Related Post

भद्रपुर रनको आय व्यय सार्वजनिक, लगभग दुई लाख बचत
झापाको भद्रपुरमा आदिवासी राष्ट्रिय उत्थान प्रतिष्ठानद्वारा प्रकाशित तथा आदिवासी राजवंशी समुदायका विद्वान अग्रज व्यक्तित्वहरू टेकनारायण राजवंशी लगायत रणकुमार राजवंशी, पानीलाल राजवंशी, लखनलाल राजवंशी, दलसिंह राजवंशी,पवन राजवंशी ,पामर राजवंशी र कमलप्रसाद राजवंशीले लेखेको पुस्तक र ‘ कोच राजवंशी जातिको चिनारी ‘ र पानीलाल राजवंशीद्वारा सङ्कलित र सम्पादित पुस्तक ‘ राजवंशी नेपाली शब्द संग्रह’को कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका भौतिक पूर्वाधार विकास राज्य मन्त्री भूमिप्रसाद राजवंशीबाट विमोचन र लेखक-सम्पादकलाई सम्मान। रासविस.का झापा अध्यक्ष उत्तमकुमार राजवंशीको अध्यक्षतामा शनिवार भएको विमोचन तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि राज्य मन्त्री राजवंशी, प्रदेश सांसद निमसरी राजवंशी, भद्रपुर नगर पालिकाका नगरप्रमुख गणेश पाेखरेल, रासविस.का केन्द्रीय अध्यक्ष सुमन्तकुमार राजवंशी,आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानका सदस्य सचिव कमल राजवंशी,वडा अध्यक्ष रतिया राजवंशी, पुनम राजवंशी,राजवंशी युवा मञ्च भद्रपुरका नगर अध्यक्ष अजय राजवंशी तथा पुस्तकका लेखक र सम्पादकले पनि मन्तव्य राखेका थिए।रासविस.झापाका उपाध्यक्ष जीतलाल राजवंशीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सोहनलाल राजवंशीले गर्नुभएको थियो ।
यस बर्षको छैठ पूजा भव्यताका साथ सम्पन्न गर्न भद्रपुरबासी ऐक्यबद्ध
One thought on “भागरथी हत्या प्रकरण : प्रदेश प्रहरी घटनास्थलमा”
  1. проститутки новосибирск
    Задумались, где заказать девушку легкого поведения в городе новосибирск? У нас есть профессиональные индивидуалки новосибирска для вашего удовольствия! Мы предлагаем только проверенные проститутки с безупречным внешним видом и безупречным сервисом. Желаете вызвать индивидуалку на вечер? Звоните нам, и ваши мечты осуществятся!

    Не теряйте возможность встретиться с самыми сексуальными индивидуалками новосибирска.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed