• Sat. Jul 27th, 2024

भद्रपुर रेडक्रसद्वारा अभिमुखीकरण / रेडक्रस सर्कलबीच चित्रकला प्रतियोगिता

BySaptahik Samachar

२४ आश्विन २०८०, बुधबार १७:१९ २४ आश्विन २०८०, बुधबार १७:१९ २४ आश्विन २०८०, बुधबार १७:१९

भद्रपुर २४,असोज / नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाले जुनियर तथा युवा रेडक्रस सम्वन्धी एक दिने अभिमुखीकरण सम्पन्न गरेको छ। सोसाइटीको झापा शाखाको हलमा आज जुनियर तथा युवा रेडक्रस सर्कल गठन भएका विद्यालयका शिक्षक नायक र सर्कलका पदाधिकारी-सदस्यहरूलाई अभिमुखीकरण गरिएको हो।

अभिमुखीकरणमा भद्रपुरका ६ वटा विद्यालय सहभागी थिए।भद्रपुर उपशाखाका सभापति गोपाल गिरीको सभापतित्वमा भएको कार्यक्रममा रेडक्रस झापाका जिल्ला सदस्य शर्मिला अधिकारीले शुभकामना मन्तव्य राख्नुभएको थियो भने झापा रेडक्रसका शाखा अधिकृत हरिशरण खड्काले सहजीकरण र सचिव केदार महतले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
सो कार्यक्रमसँगै भद्रपुर उपशाखाले विद्यालयस्तरीय चित्रकला प्रतियोगिता पनि सञ्चालन गरेको छ। जुनियर तथा युवा रेडक्रस सर्कल गठन भएका विद्यालयका १२ जना विद्यार्थी सहभागी चित्रकला प्रतियोगिताबाट छनोट हुने उत्कृष्ट चित्रलाई लालप्रसाद-सुभद्रा स्मृति पुरस्कार प्रदान गर्ने झापा शाखाका सचिव केदार महतले जानकारी दिनुभयो। सो पुरस्कार भद्रपुर – ८ निवासी पूर्व रेडक्रसकर्मी तथा व्यवसायी छत्रप्रसाद अधिकारीले आफ्ना माता पिताको नाममा राख्नुभएको हो।

चित्रकलामा प्रथम हुनेलाई रू.३ हजार,दोस्रोलाई २ हजार र तेस्रोलाई रू. १ हजार ५ सय सहित प्रमाणपत्र प्रदान गरिनेछ। सो पुरस्कार नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाको असोज२७ गते शनिबार हुने साधारण सभामा प्रदान गर्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *