• Thu. Jun 13th, 2024

भद्रपुर मा. विको जीर्णोद्धारका लागि रकम जुट्दै, समितिका अध्यक्षबाट १लाख बढी सहयोग

BySaptahik Samachar

३० श्रावण २०७८, शनिबार १६:२५ ३० श्रावण २०७८, शनिबार १६:२५ ३० श्रावण २०७८, शनिबार १६:२५

साप्ताहिक समाचारदाता /भद्रपुर ३० साउन /झापाको पुरानो विद्यालय भद्रपुर मा. विको जीर्णोद्धारका लागि जुर्मुराएका पूर्व विद्यार्थीहरूद्वारा गठन गरिएको विद्यालय मर्मत सुधार समितिका अध्यक्ष तथा प्रदेश सांसद ओमप्रकाश सरावगीले विद्यालय मर्मत सम्भार का लागि १लाख १हजार सहयोग गर्नु भएको छ। विद्यालय मर्मत सम्भार र निर्माणमा सहयोग जुटाउन आफैबाट थालनी गरेर उदाहरण प्रस्तुत गर्न उहाँले रकम प्रदान गर्नुभएको हो।
पूर्व विद्यार्थीहरूको अग्रसरतामा स्रोत संकलन शुरू भएको यस अभियानमा वेलायत बस्नु हुने पूर्व विद्यार्थी वालकेशर तामाङ र श्रीमती सुजाता राईले १लाख ७ हजार र झापा उद्योग संघका अध्यक्ष तथा समाजसेवी यम वहादुर श्रेष्ठले ५१ हजार सहयोग गर्नु भएको छ।
त्यसैगरी,हाल अमेरिकामा रहनु हुने सोही विद्यालयका पूर्व विद्यार्थीहरू केशव कार्कीबाट ५९हजार ५सय,गोपाल चौधरीबाट ४४हजार ६सय२५,डाक्टर शम्भु ढुंगाना र मुकुन्द ढुंगानाबाट जनही ३५हजार ७सय तथा डाक्टर राजेन्द्र दुलाल,मोहन ओली, डम्बर वस्नेत र सुधिर अधिकारी प्रत्येकले ३०हजार३सय४५ रूपैयाँ प्रदान गर्नुभएको छ।
सो कोषमा हालसम्म लगभग १२लाख रकम संकलन भएको विद्यालय मर्मत सुधार समितिका सचिव तथा नेपाल भारत मैत्री संघका झापा अध्यक्ष प्रदीपमणि रेग्मीले जानकारी दिनुभयो।

One thought on “भद्रपुर मा. विको जीर्णोद्धारका लागि रकम जुट्दै, समितिका अध्यक्षबाट १लाख बढी सहयोग”

Leave a Reply

Your email address will not be published. Required fields are marked *