• Fri. Feb 14th, 2025

भद्रपुर माविको व्यवस्थापन समिति गठनः दुई महिलासहित खुला सदस्यको निर्वाचन

BySaptahik Samachar

६ पुष २०८०, शुक्रबार २१:३९ ६ पुष २०८०, शुक्रबार २१:३९ ६ पुष २०८०, शुक्रबार २१:३९

भद्रपुर, ६ पुस / पूर्वी नेपालको पुरानो शैक्षिक संस्था भद्रपुर माध्यमिक विद्यालयको व्यवस्थापन समितिको गठन सर्वसम्मत ढङ्गले हुन नसकेपछि मतदान प्रक्रियाबाट सदस्य निर्वाचित भएका छन्।
शुक्रबार बिद्यालयमा भएको निर्वाचनबाट दुई महिला सदस्य र दुई खुला सदस्य निर्वाचित भएका हुन् ।निर्वाचनबाट महिला सदस्यमा अनिता मण्डल ढकाल र सुनिता राजबंशी तथा खुला सदस्यमा तेजलाल राजवंशी र उमेश चौधरी निर्वाचित भएको विद्यालयले जनाएको छ।निर्वाचनमा नौ जनाले उम्मेदवारी दिए पनि आठ जनाबाट चार जना निर्वाचित भएका हुन्।

अभिभावकबाट दुई जना महिला सहित चार जना निर्वाचित भए भने अब शिक्षकबाट एक जना , एक जना जनप्रतिनिधि प्रअ. पदेन गरी सात जनाकाे बैठकले एक जना शिक्षा प्रेमी र एक जना चन्दादाताबाट मनाेनित गर्नेछन् । त्यसरी बनेको नौ जनाकाे बैठकले अध्यक्ष छनाैट गर्ने शिक्षा ऐनमा व्यवस्था रहेको विद्यालयका शिक्षक पङ्कज घोषले जानकारी दिनुभयो ।

457 thoughts on “भद्रपुर माविको व्यवस्थापन समिति गठनः दुई महिलासहित खुला सदस्यको निर्वाचन”