• Fri. Nov 14th, 2025

भद्रपुर प्रेस क्लब र सांसद राजवंशी वीच छलफल

BySaptahik Samachar

११ भाद्र २०८०, सोमबार १९:५६ ११ भाद्र २०८०, सोमबार १९:५६ ११ भाद्र २०८०, सोमबार १९:५६

भद्रपुर ११,भदौ / झापा क्षेत्र नम्बर ३ ‘क’बाट निर्वाचित कोसी प्रदेशका सांसद भुमीप्रसाद राजवंशीले चुनावमा गरिएका प्रतिबध्दता विपरीत कार्य भइरहेको भए प्रेसले मार्ग निर्देश र सचेत गराउनु पर्नेमा जोड दिनुभएको छ।

प्रेस क्लब भद्रपुरले सोमवार भद्रपुरमा आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रममा सांसद राजवंशीले निर्वाचन पछि जनताको घरदैलोमा पुग्न चुकेको र जनअपेक्षा अनुसार काम गर्न नसकेको स्वीकार्दै भन्नुभयो-“अझै चार वर्ष बाँकी छ, एकसय बीसवटा भन्दा बढी योजनाहरू अघि सारेका छौं। आगामी दिनहरूमा क्रमशः ती योजनाहरू पूरा गर्ने लक्ष्य रहेको छ।”
भद्रपुर – ८ को सगरमाथा चोकस्थित प्रेस क्लबको कार्यालयमा भएको स्वागत तथा संक्षिप्त छलफल कार्यक्रममा पत्रकारहरूले सांसद राजवंशीलाई स्वागत सम्मान गर्दै क्लबका तर्फबाट अध्यक्ष राजवावु शंकरले खादार्पण गर्नुभएको थियो। सांसद राजवंशीलाई त्यस अवसरमा क्लवका तर्फबाट प्रस्तावना पत्र समेत हस्तान्तरण गरिएको थियो।
सांसद राजवंशीले प्रस्तावित मागप्रति सकारात्मक धारणा प्रकट गरेको सो कार्यक्रममा अग्रज पत्रकार गोविन्दचन्द्र क्षेत्री र चिन्तामणि दाहाल तथा नेपाल पत्रकार महासंघ झापा शाखाका सहसचिव राजु पाठकले मन्तव्य राख्नुभएको थियो भने सगरमाथा सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष तोया गडतैाला र नौलो आवाज साप्ताहिकका सम्पादक दीपक अधिकारीले पनि छलफल कार्यक्रममा विभिन्न जिज्ञासा र सुझाव राख्नुभएको थियो।

प्रेस क्लबका अध्यक्ष राजवावु शंकरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नागरिक एफएमका समाचार सम्पादक गोपाल गिरीले गर्नुभएको थियो।

35 thoughts on “भद्रपुर प्रेस क्लब र सांसद राजवंशी वीच छलफल”
  1. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

  2. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

Leave a Reply

Your email address will not be published. Required fields are marked *