• Sat. Jan 17th, 2026

भद्रपुर झापा गोल्ड कपलाई सहयोग जुट्दैः ढकालबन्धुहरूबाट प्रथम पुरस्कारको घोषणा

BySaptahik Samachar

१० माघ २०७९, मंगलवार १८:२४ १० माघ २०७९, मंगलवार १८:२४ १० माघ २०७९, मंगलवार १८:२४

चौधरी ग्रुप बन्यो मुख्य प्रायोजक

भद्रपुर १०,माघ / मेची रंगशालामा फाल्गुण ७ गतेदेखि संचालन हुने प्रथम भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको प्रथम पुरस्कारको सौजन्य ढकाल बन्धुहरूले गर्ने भएका छन्। सो गोल्डकप प्रतियोगिताको प्रथम पुरस्कार राशि नगद रू.१३ लाख छ।
प्रथम पुरस्कारको रकम राशि उपलब्ध गराउन गोल्डकप आयोजना गर्न उत्प्रेरणा प्रदान गर्नु हुने र भद्रपुर झापा गोल्डकप सफल तुल्याउन अतुलनीय योगदान गरिरहनु भएका सार्क च्याम्बर अफ कमर्सका उपाध्यक्ष तथा FNCCI का पूर्व अध्यक्ष चण्डीराज ढकाल, नेपाल प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक एवम् समाजसेवी नवराज ढकाल, प्रदेश नम्बर १ उद्योग बाणिज्य महासंघका अध्यक्ष तथा भद्रपुर झापा गोल्ड कप प्रतियोगिताका सल्लाहकार टिकाराज ढकाल तथा एक्सल बैंक संचालक समितिका पूर्व अध्यक्ष, हेरिटेज चिया उद्योगका प्रोप्राइटर,हेरिटेज मेट्रेस/कार्पेट/फर्म उद्योग प्रालिका अध्यक्ष एवम् उद्योग बाणिज्य महासंघ नेपालका केन्द्रीय सदस्य तथा युवा उद्यमी हेमराज ढकालसमेतको तर्फबाट घोषणा भएको प्रतियोगिता आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिनुभयो।


प्रात:स्मरणीय माता रामरेखा तथा पिता लक्ष्मण ढकालको स्मृतिमा प्रथम पुरस्कारको धनराशि रु. १३ लाख प्रदान गर्ने उहाँहरूले प्रतिबध्दता गर्नुभएको अध्यक्ष ढकालले साप्ताहिक समाचारलाई जानकारी गराउनुभयो ।
भद्रपुर नगरपालिकाले ३० लाख रूपैयाँ विनियोजन गरेर भद्रपुरस्थित मेची रङ्गशालामा अन्तर्राष्ट्रिय स्तरको फुटबल खेल आयोजना गर्ने तयारी पछि प्रतियोगितालाई सफल पार्न सौर्य एयरलाइन्सका सञ्चालक दिपक पोखरेलले १० लाख सहयोग गर्ने बचनबध्दता प्रकट गर्नुभएको छ – आयोजक समितिका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो।
यस्तै पराजुली टि.इण्डष्ट्रीज प्रालि. , त्रिशक्ति ग्यास प्रा.लि. तथा पराजुली वायोमेक्स इण्डष्ट्रीज प्रालिका मेनेजिङ्ग डाइरेक्टर , सि.टि.सि. र अर्थोडक्स चियाका सर्वाधिक उत्पादक, राष्ट्रिय पुरस्कारले सम्मानित युवा उद्यमी,समाजसेवी तथा आयोजक भद्रपुर झापा गोल्डकपका वरिष्ट उपाध्यक्ष आदित्य पराजुलीले प्रतियोगिताकालागि रू. पाँच लाख पाँच हजार सहयोग उपलब्ध गराएको गोल्ड कप आयोजक समितिले जनाएको छ।


भद्रपुर नगरपालिकाको संरक्षकत्व र झापा जिल्ला खेलकुद विकास समितिको समन्वयमा २०७९ फाल्गुण ७ गतेदेखि १६ गतेसम्म प्रतियोगिता हुँदैछ। विजेतालाई मोफसलकै सर्वाधिक नगद पुरस्कार रू. १३ लाख र उपविजेतालाई ७ लाख रुपैया सहित ट्रफी/मेडल/प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ। प्रतियोगितामा नेपाल र भारतका ए डिभिजन क्लवका साथै भूटान र क्यामरुनसम्मको टोलीलाई सहभागी गराउने आयोजक समितिका वरिष्ठ उपाध्यक्ष आदित्य पराजुलीले जानकारी दिनुभयो।
प्रतियोगिता सम्पन्न गर्न अहिले विभिन्न महानुभावहरूले नगद सहयोग गरिरहेको र स्वच्छिकरूपमा रू. १५ हजारको आजीवन सदस्यता लिने क्रम उत्साहका साथ जारी रहेको पनि आयोजक समितिले जनाएको छ।
यसैबीच, प्रतियोगिताका लागि मुख्य प्रायोजक भने चौधरी ग्रुप बन्ने भएको छ। आयोजक समितिका उपाध्यक्ष गौरव सुव्वा-मनोजले चौधरी ग्रुपलाई मुख्य प्रायोजन गर्न गरिएको अनुरोध स्वीकारेको जानकारी दिनुभयो।

44 thoughts on “भद्रपुर झापा गोल्ड कपलाई सहयोग जुट्दैः ढकालबन्धुहरूबाट प्रथम पुरस्कारको घोषणा”
  1. Great forum posts. Appreciate it.
    casino en ligne fiable
    You stated it exceptionally well!
    casino en ligne fiable
    Very well spoken truly! !
    casino en ligne fiable
    Thanks. An abundance of knowledge!
    casino en ligne fiable
    You expressed that really well!
    casino en ligne
    Kudos, Loads of forum posts.
    casino en ligne
    This is nicely expressed. .
    meilleur casino en ligne
    You revealed it well!
    casino en ligne fiable
    Awesome info. Appreciate it.
    casino en ligne
    This is nicely put. !
    casino en ligne fiable

  2. Этот увлекательный информационный материал подарит вам массу новых знаний и ярких эмоций. Мы собрали для вас интересные факты и сведения, которые обогатят ваш опыт. Откройте для себя увлекательный мир информации и насладитесь процессом изучения!
    Разобраться лучше – https://vyvod-iz-zapoya-1.ru/

  3. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

  4. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

  5. Site web de parifoot rdc: paris sportifs, championnats de football, resultats des matchs et cotes. Informations detaillees sur la plateforme, les conditions d’utilisation, les fonctionnalites et les evenements sportifs disponibles.

Leave a Reply

Your email address will not be published. Required fields are marked *