• Sat. Jul 27th, 2024

भद्रपुर झापा गोल्डकपको प्रथम साधारण सभा सम्पन्न

BySaptahik Samachar

२५ चैत्र २०८०, आईतवार ०७:४६ २५ चैत्र २०८०, आईतवार ०७:४६ २५ चैत्र २०८०, आईतवार ०७:४६

भगीरथ आलेलाई सम्मान, दोस्रो संस्करणको टाइटल स्पोन्सर बन्दै २५ लाख रुपैयाँ दिने दिपक पोखरेलको घोषणा

भद्रपुर,२४ चैत्र ।  झापा फुटबल संघका अध्यक्ष एवं वरिष्ठ फुटबल प्रशिक्षक भगीरथ आलेलाई सम्मान गर्दै भद्रपुर झापा गोल्डकपको प्रथम वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ  । मेची रंगशालाको कभर्ड हलमा सम्पन्न साधारण सभाकै बीच गोल्डकपले झापा अर्जुनधाराका भगीरथ आलेलाई सम्मान गरेको हो।
प्रथम भद्रपुर झापा गोल्डकपको म्याच कमिशनर भएर खेल सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका आलेलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्की र अध्यक्ष दिपेश ढकालले सम्मान पत्र प्रदान गरेका थिए ।  

गोल्डकपका अध्यक्ष दीपेश ढकालको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव जीवनकुमार श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने संस्थाको आम्दानी खर्चको बारेमा गोल्डकपका सह कोषाध्यक्ष अजय साहेवालाले आर्थिक प्रतिवेदन मार्फत प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदनमा संस्था गठन भएको १५ महिनाभित्र रंगशालामा दुई वटा ठुला प्रतियोगिताको आयोजना गरिएको उल्लेख छ।
प्रथम गोल्डकपबाट ३ करोड ३० लाख १६ हजार ३३८ रुपैयाँ आर्थिक संकलन भएकोमा ७१ लाख ५५ हजार ५६३ रुपैयाँ बचत भएको थियो ।
आजीवन तथा विशिष्ट आजीवन सदस्यहरूबाट २९ लाख २६ हजार ४३९ रुपैयाँ अझै उठ्न बाँकी रहेको पनि जनाइएको छ । त्यस्तै, प्रथम जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताबाट २४ लाख ९३० रुपैयाँ आर्थिक संकलन भएकोमा ७ लाख ६४ हजार ५४९ रुपैयाँ बचत भएको थियो । गोल्डकपमा ७ लाख ९४ हजार ६०३ रुपैयाँ बराबरको जिन्सी सामग्री रहेको र एक्सेल डेभलपमेन्ट बैंकमा रहेका संस्थाको २ वटा खाता, राष्ट्रिय वाणिज्य बैंक र नगद गरी ८२ लाख ९१ हजार ८७ रुपैयाँ २६ पैसा बचत रहेको प्रतिवेदनमा उल्लेख छ ।

साधारण सभामा प्रमुख अतिथि कार्की सहित नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाल, कोशी प्रदेश सांसद छविलाल चुँडाल र निमसरि राजवंशी, प्रदेशका पूर्व सांसद वसन्त बानिया, माओवादी पार्टीका झापा अध्यक्ष राजु आचार्य, सम्मानित व्यक्ति भगीरथ आले,खेलकुद विकास समिति झापाका अध्यक्ष प्रशान्त भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका भद्रपुर नगर अध्यक्ष प्रेम न्यौपाने, भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
गोल्डकपका उपाध्यक्ष तथा प्रथम साधारण सभाका संयोजक डिल्लीराम घिमिरे (हिक्मत) ले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठले गर्नुभएको थियो । सोही अवसरमा सौर्य एयरलाइन्स तथा ओम साइ पाथीभरा हस्पिटलका अध्यक्ष दीपककुमार पोखरेलले २०८१ मा हुने दोस्रो संस्करणको गोल्डकपमा टाइटल स्पोन्सर रहने इच्छा राख्दै २५ लाख रुपैयाँ दिने घोषणा गर्नुभएको कार्यक्रम सञ्चालक श्रेष्ठले उद्घोष गर्नुभएको थियो।

6 thoughts on “भद्रपुर झापा गोल्डकपको प्रथम साधारण सभा सम्पन्न”
  1. This is the right site for anybody who wants to find out about this topic. You understand a whole lot its almost tough to argue with you (not that I actually will need to…HaHa). You certainly put a new spin on a subject that has been written about for many years. Great stuff, just great.

  2. After I originally commented I appear to have clicked the -Notify me when new comments are added- checkbox and now each time a comment is added I get 4 emails with the same comment. Perhaps there is a means you can remove me from that service? Thanks a lot.

  3. Good day! I simply want to offer you a huge thumbs up for the great info you have right here on this post. I’ll be coming back to your blog for more soon.

Leave a Reply

Your email address will not be published. Required fields are marked *