
संकटा सेमिफाइनलबाटै बाहिरियो
भद्रपुर १३, फागुन/ विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रथम भद्रपुर झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । मेची रंगशालामा आज शनिबार भएको खेलमा अर्को ए डिभिजन टोली संकटा क्लबलाई पराजित गर्दै आर्मीले फाइनलको यात्रा तय गरेको हो । फाइनल पुगेसँगै आर्मीले कम्तिमा ७ लाख रुपैयाँ पक्का गरेको छ । निर्धारित ९० मिनेटको समयमा ०–० को बराबरीमा टुंगिएपछि खेलमा १४ मिनेट समय थप गरिएको थियो ।
थप गरिएको समयको ११ औँ मिनेटमा आर्मीका चेतन केसीले गोल गर्दै संकटालाई १–० ले पराजित गरेको हो। आर्मीले पाएको फ्रि–किकलाई केसीले सदुपयोग गरे । सन्तोष केसीको फ्रि–किकलाई हेड मार्फत उनले जाली चुमाए । जितसँगै आर्मीले उपाधिका लागि मच्छिन्द्र र एपिएफ फुटबल क्लबबीचको विजेतासँग मंगलबार खेल्नेछ । आर्मी बाङ्ला देशको टोलीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो भने संकटाले आयोजक भद्रपुर ब्लेजर्सलाई स्तब्ध पारेको थियो। दर्शकले खचाखच खेलमा दुवै टिमले आक्रामक खेल खेलेका थिए ।

शनिबारको खेलको प्लेयर अफ द म्याच सुरज बस्नेत घोषित भए । उनले नगद २० हजार पुरस्कार पाए । पुरस्कारको सौजन्य मनोज सुब्बा तथा परिवारले पिता वीरहाङ लिम्बूको स्मृतिमा गरेको हो । आइतबार हुने अन्तिम सेमिफाइनल खेल मच्छिन्द्र क्लब र विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ ।
गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले नगद ७ लाख र रुपैया पाउने आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिनुभयो ।


Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you. https://www.binance.com/join?ref=IJFGOAID
Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.